काठमाडौं ,३० साउन २०७७
काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शुक्रबार नेपालमा एकैदिन ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको २४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २४० रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७७ पुगेको छ ।