काठमाडौं, १४ पुष २०७७
राजधानीको त्रिपुरेश्वर स्थित साकेत भवनको दोस्रो तलामा नेपालकै पहिलो काइरो प्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टर खुलेको छ।
काइरो प्राक्टिक एण्ड म्यानूयल सेन्टरले फिजियोथेरापी अन्तर्गत बिशेष गरी हाडजोर्नी तथा नशा सम्बन्धि उपचार गर्ने बिशेष पद्धति हो।
यस सेन्टरले बिशेष गरी नसा च्यापिएको , हाडजोर्नी खिइएको , हातखुट्टा झमझमाउने , गर्धन तथा घुँडाको दुखाइ सम्बन्धि उपचार गरिने काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरका कार्यकारी निर्देशक नबिन खरेलले जानकारी दिनुभयो।
खरेलका अनुसार यो काइरोप्राक्टिक प्राय गरेर बिदेशी मूलुकमा उपचार हुँदै आएको पद्धति हो। नेपालमा पहिलोपटक यो पद्धतिबाट उपचार गरेर जानेहरुले धेरै फरक अनुभव ब्यक्त गरेका छन।
काइरोप्राक्टिक एण्ड म्यानूयल थरापी सेन्टर ले काइरोप्राक्टिक , म्यानुयल थेरापी, स्पोर्टस रिह्बिलिटेसन , अर्थो रिह्बिलिटेसन , न्यूरो रिह्बिलिटेसन र पेन ब्यबस्थापन सम्बन्धी उपचार गर्ने निर्देशक खरेलले बताए।