ललितपुर, ३१ असार २०८१
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले दोश्रो साधारण सभा सम्पन्न गरेको छ।
हस्पिटल प्राइभेट कम्पनीबाट पब्लीक कम्पनीमा परिणत भए पश्चातको दोश्रो साधारण सभा असार २९ गते शुक्रबार सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा सञ्चालक समितिका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठको सभापतित्व रहेको थियो भने उक्त साधारण सभामा कम्पनीका ६० भन्दा वढी शेयर धनीहरुको उपस्थिति रहेको थियो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० को संचालन समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन आ.व ०८०/८१ को लागी लेखा परिक्षक नियुक्ती र २०७९/८० को नाफाबाट शेयर धनीहरुलाई १०.५ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।