ललितपुर, १३ जेठ २०८१
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर कल्चरल कार्यक्रम गरेर मनाएको छ ।
कार्यक्रममा सहभागीबीच नाच र गितको प्रतिष्पर्धा भएको थियो । सो प्रतिष्पर्धाको निर्णायकमा डा. बिजेसराज घिमिरे, डा. बनिता गुरुङ, स्वरुपा श्रेष्ठ रहेका थिए ।
सो प्रतिष्पर्धामा जित्नेहरुलाई यही जेठ २० गते वार्षिकोत्सवको दिन पुरस्कार प्रदान गरिने भएको छ । सो प्रतिष्पर्धाका लागि कल्चरल सब कमिटी पनि बनाइएको थियो ।
त्यसैगरी अस्पतालले जेठ १८ गते शुक्रबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म निस्शुल्क ओपीडी चेक-अप र सोही दिन बिहान ९:३० देखि दिउँसो १:०० बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
त्यस्तै, जेठ १९ गते शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म वाकाथन कार्यक्रम आयोजना गरिने अस्पतालले जनाएको छ।