ललितपुर, १६ कात्तिक २०८०
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सर सम्बन्धि सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’ दीप प्रज्वलनको आयोजना गरेको छ ।
क्यान्सर अस्पतालले उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको समेत सहयोगमा उक्त दीप प्रज्वलन कार्यक्रम गरेको हो । ‘आशाको लागि ज्योति’ नारासहित सबैले गुलाबी कलरको ड्रेस लगाएर गुलाबी नै मैनबत्ती बालेका थिए ।
क्यान्सर अस्पतालले हरेक अक्टोबर महिनालाई स्तन क्यान्सरबारे सचेतना महिनाको रुपमा लिई विभिन्न कार्यक्रम गर्ने गरेको छ। सोही अनुरुप अस्पताल प्रांगणमा मंगलबार दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बिजेश राज घिमिरे, स्तन क्यान्सर सर्भाइभर र कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
Comments 1