ललितपुर, ११ माघ २०८१
हरिसिद्दीस्थित रहेको नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर उपचार सेवाको दायरा विस्तार गरेको छ ।
माघ १ देखि अस्पतालले धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ। ‘क्लिनिकको स्थापना क्यान्सरका बिरामीहरूको उचित हेरचाह सुनिश्चित गर्न र क्यान्सर उपचार सेवाको पहुँचलाई देशव्यापी बनाउनको लागि गरिएको हो।
अस्पतालले धनगढी र आसपासका क्षेत्रमा बसोबास गर्ने क्यान्सरका बिरामीहरूले अब उपचार र डाक्टरहरूको परामर्शका लागि काठमाडौं आउनुपर्ने बाध्यता हटेर धनगढीमै सहज सेवा प्राप्त गर्न सक्नेछन्।’ धनगढी—१, हस्पिटल लाइनमा अवस्थित अस्पतालको क्लिनिकले परामर्श, उपचार, र फलोअप सेवाहरू प्रदान गर्नेछ।