काठमाडौं, ३ माघ २०८१
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड (NCHRC) र इजी हेल्थ केयरबीच स्वास्थ्य सेवा क्षेत्रमा नयाँ सहकार्यको शुरुवात गर्दै सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएको छ।
सहकार्यबाट अब नेपाल क्यान्सर अस्पतालका बिरामीहरूले उच्चस्तरीय स्वास्थ्य सेवाका साथै किफायती तथा सहज यातायात सेवाको समेत लाभ उठाउन सक्नेछन्।
इजी हेल्थ केयरमार्फत उपलब्ध गराइने यातायात सेवामा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको लोगो पनि रहने छ। जसले सेवाग्राहीहरूको पहिचान र सहायतामा थप सहजता ल्याउने विश्वास गरिएको छ।
NCHRC र इजीहेल्थकेयरको यस सहकार्यले विशेषगरी बिरामीहरूको आवश्यकता र सुविधा पूरा गर्दै उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको सेवाबारे थप जानकारी वा यातायात सेवाको लाभ लिनका लागि हाम्रो आधिकारिक वेबसाइट www.nch.com.np मा सम्पर्क गर्नुहोला।