काठमाडौं, १० असोज २०८१
नेपाल क्यान्सर हस्पिटलको फार्मेसी विभागले फार्मेसी दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको छ। आज विश्व फार्मेसी दिवस हरेक वर्ष सेप्टेम्बर २५ तारीखका दिन यो दिवस मनाउने गरिन्छ ।
फार्मासिस्टस् विश्वव्यापी स्वास्थ्य आवश्यकता भने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ रहेका थिए । डा. श्रेष्ठले फार्मेसी सम्पूर्ण चिकित्सा क्षेत्रको मुख्य आधार भएकोले सम्पूर्ण उपचार प्रणालीमा फार्मेसीको महत्वपूर्ण योगदान रहने बताउनु भयो।
त्यस्तैगरी हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरेले हस्पिटलले ठूलो मात्रामा संबेदनशील औषधीको बिक्री वितरण गर्दै आएको बास्तबिकता व्यक्त गर्दै सामान्य तथा असामान्य अवस्थामा पनि, फार्मेसी स्टाफहरु कत्ति पनि बिचलीत नभई हस्पिटलमा गरेको सेवा अनुकरणीय रहेको बताए ।
त्यस्तै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले फार्मेसी सेवा चिकित्सा सेवाको अभिन्न अंग रहेको बताउदै यस हस्पिटलका सबै फार्मेशी स्टाफहरुको लगनशीलता र कर्तब्यनिष्ठाको खुलेर प्रशंशा गरेको थियो।
अस्पतालका फार्मेसी विभाग प्रमुख पंकज बैद्यले स्लाइड प्रस्तुत गर्दै मन्तब्य राखेका थिए । सिनियर क्लिनिकल फर्मासिष्ट पुष्कर कुवरले आफ्नो मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रमको संचालन फार्मासिष्ट बर्षा पौडेलले गरेका थिए। कार्यक्रममा फार्मेसी कर्मचारीले बाचन तथा गीत गाउदै मनाउनु भएको थियो।