ललितपुर, ५ असोज २०८१
ब्लड क्यान्सर सचेतना महिनाका अवसरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक दिने रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
हरेक वर्ष सेप्टेम्बरमा मनाइने ब्लड क्यान्सर सचेतना महिनाका अवसर अस्पतालले एक दिने रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
अस्पतालको हेमाटोलोजी युनिटको नेतृत्वमा उक्त रक्तदान कार्यक्रम भएको हो। सो कार्यक्रममा अस्पतालका कर्मचारी, बिरामीका आफन्त तथा स्थानीयले रक्तदान गरेका थिए।
रक्त क्यान्सरका बिरामीका लागि नभइ नहुने रगत दान गरेका व्यक्तिहरुलाई अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेकी थिइन्।