ललितपुर, २६ भाद्र २०८१
ललितपुरको हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा ‘फिजियोथेरापी दिवस २०२४ ’ मनाइएको छ।
हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन मनाइने फिजियोथेरापी दिवश नेपाल क्यान्सर हस्पिटलमा पनि मनाइएको हो।
यस कार्यक्रमका अवसरमा नेपाल क्यान्सर हस्पिटलका प्रमुख फिजियोथेरापी विशेषज्ञ डा. राजेन्द्र खत्रीले फिजियोथेरापी भौतिक चिकित्सा विधा भएको बताउदै हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी हुने बताए।
हरेक रोगमा छिटो निको पार्नका लागि फिजियोथेरापीको महत्व भए जस्तै क्यान्सर रोगमा पनि यसको महत्वपुर्ण रहेको जिकीर गरे । शरीरको पोस्चरमा परिवर्तन हुदा समग्र रूपमा शरीरमा कस्तो प्रभाव पर्छ र यसले उच्च रक्तचाप लगायतका समस्या कसरी निम्त्याउछ भन्ने विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा क्यान्सर हस्पिटका कार्यकारी प्रमुख अध्यक्ष डा. सुदिप श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिरामी हरुलाई फिसोयोथेरापीको महत्वबारे चर्चा गरेका थिए। थियो भने हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरेले धन्यबाद ज्ञापन गर्दै नेपाल क्यान्सर हस्पिटल फिजियोथेरापी युनिटले उत्कृष्ट सेवा गरेकोमा सरहना गरेका थिए।