Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

Nam Raj Bhatta by Nam Raj Bhatta
April 30, 2026
in News
Reading Time: 1 min read
A A
0
नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
601
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेष सत्र आयोजना गरिएको थियो, जहाँ नेपालको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर) को अवस्था, उपलब्धि र चुनौतीबारे गहन छलफल गरिएको थियो।

नेपाल सम्बन्धी उक्त विशेष सत्र महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी), ओरेक नेपाल र वन हर्ट वर्ल्ड वाइड को संयुक्त आयोजनामा सम्पन्न भएको थियो। सत्रमा नेपालमा प्रजनन स्वास्थ्य अधिकारको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, सामाजिक चुनौती र सुधारका सम्भावनाबारे बहुआयामिक दृष्टिकोण प्रस्तुत गरिएको थियो।

सत्रमा बोल्दै महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) का अधिवक्ता सबिन श्रेष्ठले नेपालको संविधानले प्रजनन स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू भएको जानकारी दिए।

उनका अनुसार, नेपालको कानुनले प्रजनन स्वास्थ्यलाई सूचना, शिक्षा, परामर्श र स्वास्थ्य सेवाको समग्र अधिकारका रूपमा व्याख्या गरेको छ, जसमा गोपनीयता र छनोटको अधिकार पनि समावेश छ।

तर उनले कानुनी प्रगतिका बाबजुद पनि ऐनले सबै विषय समेट्न नसकेको बताए। उनका अनुसार ऐन मुख्यतः सुरक्षित मातृत्व, परिवार नियोजन, सुरक्षित गर्भपतन र प्रजनन रोगसम्म सीमित रहेको छ, जसले समग्र प्रजनन स्वास्थ्यका जटिल पक्षहरूलाई पूर्ण रूपमा समेट्न सकेको छैन। श्रेष्ठले नेपालको कानुनमा देखिएको विरोधाभासतर्फ पनि ध्यानाकर्षण गराए। ‘एकातिर सुरक्षित गर्भपतनलाई अधिकारका रूपमा मान्यता दिइएको छ भने अर्कोतर्फ मुलुकी अपराध संहिताले केही अवस्थामा यसलाई अपराधीकरण गरेको छ’ – उनले भने ।

यस जटिलताका कारण नेपालमा अझै पनि ५० प्रतिशतभन्दा बढी गर्भपतन असुरक्षित रूपमा हुने गरेको र कतिपय महिलाहरूले कानुनी झन्झट तथा सजाय समेत भोग्नुपरेको तथ्य उनले प्रस्तुत गरे। यस अवस्थालाई सुधार गर्न सुरक्षित गर्भपतन सेवालाई पूर्ण रूपमा अपराधमुक्त गर्नुपर्ने उनको जोड थियो।

कार्यक्रममा सम्मानजनक प्रसूति सेवासम्बन्धी गम्भीर विषय पनि उठाइएको थियो। एफडब्लुएलडीद्वारा हालै सार्वजनिक गरिएको अध्ययन उद्धृत गर्दै श्रेष्ठले नेपालमा गर्भावस्था, सुत्केरी तथा प्रसवोत्तर अवधिमा महिलाहरूले भोग्ने हिंसाका विभिन्न स्वरूपहरू प्रस्तुत गरे। उनले प्रसूति हिंसालाई कानुनमै स्पष्ट रूपमा परिभाषित गरी दोषीलाई उत्तरदायी बनाउने र पीडित महिलालाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

श्रेष्ठले बाँझोपनको समस्याबाट जुधिरहेका दम्पतीका लागि उपयोगी वैकल्पिक प्रजनन प्रविधिसम्बन्धी स्पष्ट कानुनको अभाव रहेको पनि बताए। उनका अनुसार, यस क्षेत्रमा स्वास्थ्य सेवा प्रदायक, अभिभावक बन्न चाहने व्यक्ति, दाता (डोनर) र जन्मिने बच्चा – यी चारै पक्षको अधिकार र दायित्व सुनिश्चित गर्ने कानुनी संरचना आवश्यक छ।

ओरेक नेपालकी संस्थापक डा. रेनु अधिकारीले समुदायस्तरमा भएका प्रयासहरूबारे प्रकाश पार्दै विगत ३० वर्षमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताइन्। तर उनले पितृसत्तात्मक सोच र सामाजिक लाञ्छना अझै पनि मुख्य बाधकका रूपमा रहेको उल्लेख गरिन्। यसलाई हटाउन स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निरन्तर अभियान आवश्यक रहेको उनको भनाइ थियो।Surya bhatta one

वन हर्ट वर्ल्ड वाइडका सूर्य भट्टले सुरक्षित र सम्मानजनक प्रसूति सेवाको आवश्यकता औँल्याउँदै गर्भावस्था, प्रसूति र प्रसवोत्तर अवधिमा महिलालाई गुणस्तरीय र मर्यादित सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले संस्थाले महिला स्वयंसेविकालाई तालिम दिँदै सुरक्षित मातृत्वका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। भट्टका अनुसार, यो विषयलाई महिला अधिकार आन्दोलनको मुख्य एजेण्डाका रूपमा अघि बढाउन आवश्यक छ।

सत्रमा योसानका दुर्गा सापकोटा, एफडब्लुएलडीकी बिनु लामा, पहिचान नेपालका इच्छा केसी, आइपास नेपालका अमित तिमिल्सिना लगायतले पनि आ-आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन एशिया प्यासिफिक यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सञ्जालकी कार्यकारी निर्देशक एलेक्जान्द्रा जोन्सले गरेकी थिइन्।

कार्यक्रमले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सुनिश्चितताका लागि कानुनी सुधारसँगै प्रभावकारी कार्यान्वयन, सामाजिक सोच परिवर्तन र विश्वव्यापी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। नेपालको अनुभवले देखाएको छ- कानुन मात्र पर्याप्त छैन, त्यसको प्रभावकारी कार्यान्वयन र सामाजिक स्वीकृति नै वास्तविक परिवर्तनको आधार हो।

Tags: Obortions nepalSurya Bhatta
SummarizeShare240ScanTweet150

Related articles

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    876 shares
    Share 350 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    646 shares
    Share 258 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.