काठमाडौं, २३ भाद्र २०७९
नेपाकेयर फर्मास्यूटिकल्सले पहिलो चरणमा ९ प्रकारका औषधी मार्फत नेपाली बजारमा वित्री वितरण सुरु गरेको छ ।
नेपालमा औषधी उत्पादन गरेर बिक्री वितरण सुरु गर्ने नेपाकेयर पछिल्लो नयाँ स्वदेशी औषधी कम्पनी हो । नेपालमा अहिलेसम्म सय भन्दा बढीले औषधी व्यवस्था बिभागमा दर्ता भएका भए पनि ७६ औं नम्बरमा नेपाकेयरले बिक्री वितरणमो अनुमती पाएको हो । नेपाकेयर फर्मास्यूटिकल्सले पहिलो चरणमा ९ प्रकारका औषधी मार्फत स्वदेशी बजारमा प्रवेश गरेको र भविश्यमा आवश्यकता अनुसार नयाँ नयाँ प्रकारका औषधी उत्पादन गर्ने जनाएको छ ।
नेपाकेयरले बिहीबार राजधानीको हिमालयन होटेलमा विशेष कार्यक्रमको आयोजना गरि ७६ औं स्वदेशी औषधी कम्पनीको रुपमा आफु आएको औपचारिक जानकारी दिएको हो ।
नेपाकेयर फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको छ । कम्पनीले आज एक औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक गर्नुको साथै अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको घोषणा गरेको गरेको हो । कम्पनीले मधुमेह, छाला , न्यूरो, ग्याष्ट्रिक नामका औषधीको पहिलो चरणमा बजारीकरण सुरु गरेको जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले कम्पनीले गुणस्तरीय औषधी उत्पादनमा सधै ख्याल राख्नु पर्ने सुझाउ दिए । उनले ७६ कम्पनी दर्ता भएपनि ६० ओटा कम्पनी मात्रै सञ्चालनमा आएको बताए। नेपाकेयर फर्मास्यूटिकल्सलका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधी उत्पादनमा अझै नेपाल आत्मनिर्भर हुन नसकिरहेको बेला नेपाकेयरको आगमन सकारात्मक भएको बताउदै आफ्नो कम्पनीले गुणस्तरमा सम्झौता नगर्ने दावी गरे ।
नेपाकेयर फर्मास्यूटिकल्सका बजार निर्देशक सुमन कुमार केयालले पहिलो चरणमा यही औषधि बाट कम्पनीको उत्पादन बजारमा जाने जानकारी दिदै निकट भविश्यमै डर्मा, कार्डियो, इएनटी, न्यूरो हुदै लाइभ सेभिङ ड्रग सम्मका औषधी उत्पादन गरेर नेपाली बजारमा बिक्री बितरण गर्ने आफ्नो कम्पनीको लक्ष्य भएको बताए ।
नेपाकेयर फर्मास्यूटिकल्सका बजार व्यवस्थापक प्रमुख गणेश बहादुर चाडले आफ्नो कम्पनीमा अनुभवी र दक्ष टीम भएकाले नेपालको बजारमा यसका उत्पादन चाँडै लोकप्रिय हुने बताए ।