बुटवल १ जेठ
बुटवलस्थित प्रदेश न. पाँच मुख्य-मन्त्रीको सचिवालयमा मुख्य मन्त्री एवं नेकपा स्थायी समिति सदस्य माननीय शंकर पोखरेल ज्युसङ्ग नेपाल राष्ट्रिय चिकित्सक संघ (NDAN) लुम्बिनी शाखाका निवर्तमान अध्यक्ष डा. सन्तोष पोखरेल, महासचिव डा. सागर न्यौपाने, NDAN केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली को प्रतिनिधिमण्डलले Covid-19 माहामारी व्यावस्थापन, आगामी गुरुयोजना, संगठन विस्तार, प्रदेश स्वास्थ्य निती-निर्माण तथा विविध विषयहरुमा छलफल र घ्यानाकर्षण गर्नुभएको थियो।
NDAN लुम्बिनीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा. सन्तोष पोखरेलले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसङ्ग पनि संस्थागत सम्पर्क, सम्वाद र कायम रहेको सन्दर्भमा स्वास्थ्य सेवा र बिस्तारमा प्रदेश सरकार मन्त्रीपरिषदको विशेष ध्यानाकर्षण गराउनु भएको थियो। त्यस्तै, कोभिड-१९ को बढ्दो संक्रमणको नियन्त्रणका निम्ति नितिगत व्यवस्थापनका सन्दर्भमा केन्द्रिय सदस्य डा. सम्राट पराजुलीले नेपाल-भारत सिमा नजिकै क्वारेन्टाइन व्यवस्थापन, आइसोलेशन क्षेत्रहरुको व्यापक पुनर्व्यवस्थापन, चिकित्सकहरुको व्यापक PCR परिक्षण, आदि विषय उठान र सहभागी सबैबाट गम्भीर छलफल भएको थियो।
NDAN निर्माणको पृष्ठभुमि, इतिहास र विविध सामाजिक गतिविधि केलाउदै डा. प्रशान्त आचार्यले यसलाई आगामी दिनमा प्रदेश सरकारले उपयोगी संस्थाको रुपमा हेरिदिन सुझाव दिनुभएको थियो।
महासचिव डा. सागर न्यौपानेले NDAN केन्द्रिय कमिटीले केन्द्रिय सरकारको स्वास्थ्य मन्त्रालयसङ्ग निकै सुमधुर सम्बन्ध कायम गर्दै सरकारलाई उपयुक्त सुझाव दिइरहेको जानकारी मुख्यमन्त्री पोखरेललाई दिनुभयो र प्रादेशिक स्वास्थ्य सम्रचनामा पनि NDAN लुम्बिनी शाखाका सुझाव र अध्ययनलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गर्नुभएको थियो।
मुख्यमन्त्री माननीय शंकर पोखरेलले NDAN लुम्बिनी शाखाले प्रदेश सरकारसङ्ग निरन्तर सम्पर्क र सहयोग गर्ने सोच लिएकोमा स्वागत र शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाले उठाएका सबै विषयलाई आफू र आफ्नो मन्त्रीपरिषद्ले गम्भीरता र सकारात्मक रुपमा लिनुभएको र क्वारेन्टिन विशेष कार्यदिशा तयार गर्न NDAN लुम्बिनी शाखालाई निर्देशन दिनुभयो।
कार्य व्यस्तताका बाबजुद बहुमुल्य समय दिनुभएकोमा NDAN लुम्बिनी मुख्यमन्त्री र वहाँको सचिवालयप्रती धन्यवाद दिनुभयो ।
राष्ट्रिय चिकित्सक संध नेपालका केन्द्रीय सदस्य डा. सम्राट पराजुली को नेतृत्व मा गएको टोलीले अन्य विकसित देशहरुले लिएको मोडालिटी बारे बताएको थियो। राष्ट्रिय चिकित्सक संध नेपाल लुम्बिनी शाखाले केन्द्रीय सदस्य डा. प्रशान्त आचार्य को संयोजकमा कार्यदिशा तयार गर्न ३ सदस्य गठन गरेको लुम्बिनी शाखा महासचिव डा सागर न्योपनेले जानकारी गराउनु भयो।
राष्ट्रिय चिकित्सक संध नेपाल लुम्बिनी शाखा सुरक्षित पेशा खुशी चिकित्सक को मूलमंत्र सहित स्वास्थ क्षेत्रमा राम्रा काम गर्दै आईरहेको छ। प्रदेश सांसद प्रमुख सचेतक मा. भुमिश्वर ढकाल ज्यूको पनि उपस्थिति रहेको थियो।