बुटवल, ८ असोज २०७९
बुटवल स्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरले राजधानी बाहिरको पहिलो “ए” ग्रेड ल्याबकाे अनुमति पाउन सफल भएकाे छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ल्याबले आवश्यक सबै मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ३० भदौंमा “ए” ग्रेडको मान्यता दिएको थियो।
नेशनल प्याथ ल्याबले ‘स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि “ए” ग्रेडको अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले भने हामीले ए ग्रेड ल्याबको अनुमति पायौं र यो सँगै हामी राजधानी बाहिरको “ए” ग्रेड ल्याबको पहिलो प्रयोगशाला बनाउन सफल भएका छौं।’
जोशीले ल्याबको अत्याधुनिकीकरण र गुणस्तरीय सेवा अझ विशेष ध्यान दिने बताए। जाेशीले आफ्नाे पहिलाे उद्देश्य भनेकै नेपालबाट नमुना बिदेशीनु नपरोस् भन्ने भएकाे बताए। ल्याबले “ए” ग्रेडकाे अनुमति पाएसँगै उक्त अभियानमा साथ पुगेकाे उनले बताए।