काठमाडौं, २० माघ २०७८
नेपाल नेशनल हस्पिटल कलंकीमा अन्तराष्ट्रिय स्तरको इमर्जेन्सी सेवा शुरु भएको छ।
स्थापना कालको पाचौं बर्ष प्रवेश गर्न लागेको हस्पिटलले १४ बेडको आकस्मिक सेवा सञ्चालनमा ल्याएको छ।
हस्पिटलमा अन्तर्राष्ट्रिय एवम् गुणस्तरीय सेवा उदेश्यले इमरजेन्सीमा ट्रमा केयर, प्रि हस्पिटल केयर र मुटुरोग, छाती रोग बालरोग सम्बन्धि आकस्मिक सेवा सञ्चालनमा आएको हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले जानकारी दिनुभयो।
डा. पौडेलका अनुसार बिरामीको अवस्था हेरेर छुट्टाछुट्टै कक्षमा उपचार हुनेछ। जसमा रेड जोन, यलो जोन र ग्रिन जोन अनुसार उपचार हुन्छ ।
इमरजेन्सीमा कोभिडको संक्रमणका बिरामीहरुको लागि ३ बेडको छुट्टै आइसोलेसन पनि व्यवस्था रहेको र प्रि हस्पिटल केयरको पनि व्यवस्था रहेको डा. पौडेलले बताए।
हस्पिटलले सम्पूर्ण आकस्मिक सेवा लिन र कुनै स्वास्थ्य सम्बन्धी जानकारी चाहिएमा हस्पिटलको टोल फ्रि नम्बर ११४७ मा सम्पर्क राख्ने व्यवस्था गरेको छ।