काठमाडौं, १३ जेठ २०७८
राजधानी कलङ्की स्थित नेपाल नेशनल हस्पिटलले विश्व महामारीको रुपमा फैलिएको कोभिड – १९ को चाप देखेर अस्पताललाई कोभिड अस्पताल बनाएको थियो। अहिले यस अस्पतालमा आइसियु र सघन कक्ष १५ वटा , ५ भेन्टिलेटर ५ सिपाप मेसिन र ५ हार्ड फ्लो मेसिन गरेर सबैमा अहिले बिरामीको चाप बढिरहेको छ। अस्पतालमा ४० ओटा कोभिड बेड छुट्याएको छ भने १० ओटा जनरल (Non Covid) लागि छुट्टै व्यवस्था गरेको छ।
नेपालमा कोरोना संक्रमण बढे सँगै यस अस्पतालमा कोरोनाका बिरामीको चाप पनि बढेको छ।
यस अस्पतालमा अहिलेसम्म २५० जना उपचार पछि संक्रमण मुक्त भएर घर फर्केका छन भने ३५ जना संक्रमित विरामीहरुको उपचार भइरहेको छ।
नेशनल हस्पिटलको व्यवस्थापन बाफल स्थित यति हस्पिटलमा पनि कोभिड बिरामीको उपचार भइरहेको अस्पतालका डाइरेक्टर डा. प्रकाश पौड्यालले जानकारी दिनुभयो।
डा. पौड्यालका अनुसार नेपाल नेशनल हस्पिटल र यति हस्पिटलमा अहिले १० जना विशेषज्ञ चिकित्सकहरुले कोभिड बिरामीको उपचार गरिरहेका छन् र अनुभवी चिकित्सक हुँदा कोरोनाका विरामीको मनोबल उच्च राखेर उपचारमा सरल र सहज भएको छ।
न्यूनतम मूल्यमा उत्कृष्ट सेवा प्रदान दिँदै आएको यस नेशनल हस्पिटलले भावी दिनहरुमा महामारीको व्यवस्थापन र त्यसै अनुकूल आफ्नो सघन कक्षको विकास गरेको र कोभिड ओपिडी बहिरंग सेवा पनि शुरु गरेको छ। होम आइसोलेसनमा रहेका समक्रमितहरूलाई Tele consultation पनि भइरहेको अस्पतालका व्यवस्थापक समीर शर्माले जानकारी दिनुभयो।
Comments 4