काठमाडौं, २ असोज २०७९
राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. जागेश्वर गौतम र महासचिवमा डा. पुष्पमणि खराल चयन भएका छन्।
शनिबार भएको संघको दोस्रो सम्मेलनमा सर्वसम्मतिबाट डा. गौतमको नेतृत्वमा ५१ सदस्यिय चयन गरेको हो । उक्त कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
त्यस्तैगरी उपाध्यक्षमा डा. नविन पोखरेल, डा. रक्षा श्रेष्ठ र डा. रञ्जित झा छानिनुभएको छ ।
यस्तै महासचिवमा डा. पुष्पमणी खराल, सचिवमा डा. छवि पन्थी, डा. मिलन गैरै, डा. क्रिष्टिना श्रेष्ठ र कोषाध्यक्षमा डा. सुनिल गजुरेल चयन हुनुभएको छ ।
प्रदेश १ संयोजकमा डा. प्रमोद बराल, मधेस प्रदेश संयोजकमा डा. महेश महासेठ, बागमती प्रदेश संयोजकमा डा. जगदिश थापा, गण्डकी प्रदेश संयोजकमा डा. डेबिढ श्रेष्ठ, लुम्बिनी प्रदेश संयोजकमा डा. सागर न्यौपाने, कर्णाली प्रदेश संयोजकमा डा. कबिराज पौडेल र सुदुरपश्चिम संयोजकमा डा. निरज अर्याल छानिनु भएको छ । उपत्यका संयोजकमा भने डा. कालु सिंह खत्रीलाई जिम्मेवारी दिएको छ ।
साथै, अरु ४२ जना केन्द्रीय सदस्य छानिनुभएकाे छ । संघमा करीब ६ सय चिकित्सक आवद्ध हुनुहुन्छ।