काठमाडौं, १४ कात्तिक २०८०
नरदेवी आयुर्वेद चिकित्सालयको निमित्त निर्देशकमा वरिष्ठ आयुर्वेद चिकित्सक डा. श्यामबाबु यादवलाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. यादवलाई उक्त नियुक्ति दिएको हो ।
यश भन्दा अगाडि डा.यादवले किर्तिपुरस्थित आयुर्वेद तालिम एवं अनुसन्धान केन्द्रको निर्देशक भएर जिम्मेवारी बहन गरिसकेका छन् । डा.यादव आयुर्वेद चिकित्सकहरुको छाता संगठन नेपाल आयुर्वेद चिकित्सक संघको केन्द्रीय अध्यक्ष समेत हुन ।