काठमाडौं, १७ जेठ २०८०
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नारायण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई जिम्मेवारी दिइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ। भट्टराईलाई प्रयोगशालामा पठाइएको छ।
ढकालले महानिर्देशकको पत्र बुझिसकेका छन्। ढकाल लामो समयदेखि भूमिकाविहिन थिए।