Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्यमन्त्री पौडेलद्वारा भक्तपुर स्थित नागरिक अस्पतालको आइसियु उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
January 6, 2025
in News
A A
0
स्वास्थ्यमन्त्री पौडेलद्वारा भक्तपुर स्थित नागरिक अस्पतालको आइसियु उद्घाटन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, २२ पुष २०२२

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भक्तपुरस्थित नागरिक अस्पतालको आइसियु उद्घाटन गरेका छन्। ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेपछि उक्त अस्पतालमा अत्याधुनिक उपकरणयुक्त लेभल-३ आइसियु सञ्चालनमा ल्याएको हो।

स्वास्थ्यमन्त्री पौडेलले उद्घाटन गर्दै अस्पतालले त्यहाँका नागरिकलाई आफ्नो महशुस गराउने कोशिस गर्नुपर्ने बताए। पौडेलले निजी अस्पतालले आमजनका लागि दिनुपर्ने १० प्रतिशत नि:शुल्क सेवा पारदर्शी रुपमा दिने आग्रह गरेका छन्। पाउनेको नाम र फोटो समेत सार्वजनिक गर्दा दुरुपयोग समेत नहुने उल्लेख गर्नुभयो । Second

आफू बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुन:संरचना गर्न लागिपरेको समेत उल्लेख गरे। भर्खरै आफूले बिमाका विषयमा सुझाव दिन गठिन कमिटीको प्रतिवेदन बुझेको बताउँदै त्यहाँ उल्लेख भएका विषय लागु गर्ने विषयमा आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न खोजिरहेको बताए।

ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि आफूले निजी क्षेत्रबाट सघाइरहेको बताए। निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा ग्रेडिङ गरेर हटाउनुपर्ने उल्लेख गरे।

भण्डारीले भने,  ‘अस्पतालको ग्रेडिङ गर्ने नीति सरकारले लिनुपर्छ। बेडका आधारमा अस्पताल छुट्याउने प्रणाली पुरानो भयो। अब दिने सेवाका आधार छुट्याउनुपर्छ। त्यो अनुसार शुल्क पनि सरकारले नै तोकोस्। यसले बिरामी आफू कस्तो अस्पताल गइहेको छु भन्ने प्रस्ट हुन्छ।’

आफू सरकारको सहयोगीका रुपमा रहेको बताउँदै कानुनको अक्षरस पालना गर्ने उल्लेख गरे। आफू नागरिकको निगरानीमा सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर आइपीओमा गएको समेत उनले उल्लेख गरे।

मध्यपुर थिमी नगरपालिकाका उपमेयर सुरेन्द्र श्रेष्ठले सरकारी अस्पतालले मात्रै नथेगिरहेको अवस्थामा नागरिक अस्पतालले भरथेग गर्ने बताए। श्रेष्ठले थपे,  ‘नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा आधुनिक उपकरणसहित राम्रो सेवा दिने कोशिस गरिरहेको छ। अस्पतालमा ६ वटा आइसियु छन् तर धान्न सकेको छैन। हामी थप गर्दैछौं। यो अस्पतालले पनि सेवा दिँदा थप सहयोग पुग्नेछ।’

आइसियु विशेषज्ञ डा .अर्जुन कार्कीले आइसीयुमा भन्नेबित्तिकै बाँच्दैन भन्ने धारणा रहेको उल्लेख गरे। तर, त्यस्तो नभइ बिरामीलाई उपचार गरेर निको पार्न त्यहाँ राखिने गरेको र धेरै बिरामी निको भएर जाने गरेको बताए। उनले त्यसबारे बताउँदै थपे,  ‘आइसियुमा हामी त्यस्ता बिरामी राख्छौं, जसको कुन अंगले काम गर्न छाड्ने संकेत गर्छ वा छाडेको हुन्छ। त्यहाँ रहेका उपकरणबाट हस्तक्षेपकारी उपचार गरेर खतरामुक्त बनाइन्छ।’

आइसियुमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधि चाहिने भएकाले महंगो हुनेगरेको बताए। नेपालमा स्वास्थ्य सेवा महंगो हुँदा आमजनलाई अप्ठ्यारो परेको बताउँदै स्वास्थ्य बीमाबाट आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधिनक उपकरणयुक्त बनाइरहेको बताए। उपचार सेवा र उपकरण दुवैका लागि भक्तपुरको पहिलो र उत्कृष्ट बनाउने लक्ष्यमा आफूहरु रहेको जानकारी दिए।

नागरिक अस्पताल १६ वर्षअघि मुनाल पोलिक्लिनिकबाट अस्पताल सुरु भएको हो। त्यसपछि नागरिक अस्पताल बन्यो। नागरिक अस्पतालका रुपमा तत्कालीन व्यवस्थापनले चलाउन नसकेपछि ह्याम्सले व्यवस्थापन सम्हालेको हो। अहिले नागरिक अस्पतालकै नाममा स्तरोन्नति भइरहेको। ओपिडी,  वार्ड र आइसियुको पुन:संरचनाको गरिएको छ।

अस्पताल भवन निर्माणका लागि त्यहीँ नजिकै ८ रोपनी जग्गा लिइएको बताइएको छ। २०० बेडको अस्पताल बनाउने योजना रहेको अध्यक्ष भण्डारीले बताएका छन्।

Tags: Hams hospitalNagarik hospitalRamsaran Bhandari
Nisarga hospital Dhangadhi
Previous Post

बर्दिया अस्पतालमा एकैदिन १४ बिरामीको मेजर अप्रेशन

Next Post

अनुमति लिएर स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र

Related articles

डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा
News

डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा

15 hours ago
786
पाल्पा जिल्ला अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र पौडेल
News

पाल्पा जिल्ला अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र पौडेल

1 day ago
815
जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सम्पन्न
News

जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सम्पन्न

2 days ago
794
चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त
News

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त

3 days ago
957
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु
News

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु

4 days ago
781
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking
News

पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

4 days ago
788
Next Post
Ministry of Health and Population Nepal

अनुमति लिएर स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,110)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...