भक्तपुर, ०४ साउन २०८२
भक्तपुरको गठ्ठाघरस्थित रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलले अत्याधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ। उद्घाटनको अवसरमा अस्पतालले एक साता अवधिसम्म सबै सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट दिने घोषणा पनि गरेको छ।
उद्घाटन कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, डा. अर्जुन कार्की, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, स्वास्थ्यकर्मीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।