धनगढी, ३ भाद्र २०७९
कैलालीको धनगढीस्थित नवजीवन अस्पताल, सुदुरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरमा भाद्र ३ र ४ गते निशुल्क मृगौला बहिरंग सेवा शुरु भएको छ।
मार्क इन्टरनेशनल किड्नी सेन्टरका अध्यक्ष तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणाले डायलासिस सेन्टरमा दुई दिन सम्म चल्ने निशुल्क मृगौला बहिरंग सेवा दिने भएका हुन्।
निशुल्क मृगौला बहिरंग सेवामा पीसाबको मात्रामा कमी हुने, छिनछिनमा पिसाब हुने, उल्टो बान्ता हुने, खुट्टाको तल्लो भाग सुन्निने, कमजोरी हुने, थकाइ लाग्ने, कमजोरी हुने, रिंगटा लाग्ने, छाला चिलाउने लक्षणहरुबारे निशुल्क परामर्श दिइने बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणाले बताउनुभयो।
दीर्घकालीन मृगौला रोगका कारणहरुमा मधुमेह, उच्च रक्तचाप, प्रेसर मृगौलाको पत्थरी, वंशानुगत मृगौला रोग र मृगौलामा फोका आउने रोग आदि पर्दछन।