धनगढी, १८ साउन २०७९
सुदुरपश्चिम प्रदेशको नवजीवन अस्पतालमा पहिलो पटक निजी क्षेत्रबाट डायलाइसिस सेवा सुरु गरिएको छ।
सेती प्रादेशिक अस्पतालपछि निजी क्षेत्रबाट पहिलो पटक धनगढीको नवजिवन अस्पतालले डायलाइसिस सेवा सुरु गरेको हो। नवजीवन अस्पताल धनगढी तथा मार्क इन्टरनेशनल डायलाइसिस सेन्टर बीच भएको सम्झौतापछि झण्डै ६ महिनापछि आज अस्पतालमा सुदूरपश्चिम इन्टरनेशनल डायलासिस् सेन्टरको उद्घाट्न गरिएको हो।
स्वस्थ मिर्गौला, स्वस्थ जीवन नारासहित झण्डै ७ करोड लगानीमा सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि धनगढीमा डायलासिस सेवा सञ्चालन ल्याएको नवजीवन हस्पिटलका सिईओ चक्र कठायतले जानकारी दिनुभयो।
संचालनमा आएको डायलासिस सेवामा पहिलो चरणमा ६ वटा बेड संचालनमा ल्याएको छ। त्यसपछि १० बेडसम्म बिस्तार गरिने जनाइएको छ । महिनामा १२० जना देखि १५० जना बिरामीलाई डायलाइसिस सेवा दिईनेछ।
अब डायलासिस गर्नको लागि भारत, नेपालगञ्ज लगायत काठमाडौं गएर दिइने डायलाइसिस सेवा धनगढीमै दिईने बरिष्ठ मृगौला रोग विशेषज्ञ एवम् मार्क इन्टरनेशनल किड्नी सेन्टरका अध्यक्ष डा. अर्चन शम्शेर राणाले जानकारी दिए।
डा. राणाले भने, सुदूरपश्चिम प्रदेशका मिर्गौलाका बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म बिरामीले कुर्नु पर्ने बाध्याता थियो । जुन बाध्यता अब हट्ने र सबैलाई सहज हुने वातावरणले डायलासिस सेवा दिइने डा. राणाले बताउनुभयो। डा. राणाले बिगत पन्ध्र वर्ष देखि डायलासिस सेवामा राम्रो अनुभव नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायत धेरै ठाउँमा काम गरेका छन्।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बिदुर मणी ढकालले सुदुरपश्चिमका पहाडी जिल्लाबाट काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए। बिरामीले लाखौँ रुपैयाँ खर्चेर हप्ताको दुई तिन/चोटी बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर राख्दै नवजिवन अस्पतालमै सुदूरपश्चिम इन्टरनेशनल डायलासिस् सेन्टरले केही मात्रामा भएपनी राहात दिने डा. ढकालले जानकारी दिनुभयो।
यस्तै कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ फिजीसियन डा. शुभेषराज कायस्थले आफुले सुदुरपश्चिममा ३० बर्ष देखी स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभब सुनाउदै बिगत भन्दा अहिले स्वास्थ्य क्षेत्रमा निकै प्रगती भएको बताए । जसरी त्यो समयमा सामान्य रुपमा उपचार गर्न उपकरण तथा दक्षजनशक्ती नभएको भन्दै काठमाडौं अथवा भारत जानुपर्ने बाध्यता रहेको सुनाए। कतीपय अवस्था आर्थिक समस्या कारण र बिशेषज्ञ उपचार नहुँदा धेरैले ज्यान गुमाएको बताए। उनले सुदुरपश्चिममा पनी मृर्गौला रोगीले पनी अकालमै ज्यान गुमाउनु परेको अवस्थालाई अन्त्य गर्दै नवजिवन अस्पतालले डायलाइसिस सेवा सुचारु गरेकोमा धन्यवाद ब्यक्त गरे।
अब धरै मृर्गौलाका बिरामीलाई धेरै राहत मिल्ने उनले बताए। मिर्गौलाका समस्या भएका बिरामीले समयमै डायलाइसिस गर्न नपाउँदा उपचारबाट बञ्चित हुनुका साथै मृत्यु समेत हुने गरेको छ। पहिलो पटक सुदूरपश्चिममै निजि क्षेत्रको डायलाइसिस धनगढीमा सेवा सुरु भएपछि यहाँका मिर्गौलाका बिरामी लाभान्वित हुने बिश्वास गरेको छ।