धनगढी, ७ साउन २०७९
धनगढीको नवजीवन अस्पताल र नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघका प्रतिनिधी बिच उपचारमा छुट दिने सम्झौता भएको छ ।
शुक्रबार नवजीवन अस्पताल र नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघ बीच उपचार लगायतका सेवामा २० प्रतिशत छुट दिने सम्झौता भएको हो।
नवजीवन अस्पतालले निजका परिवारको हकमा परिचयपत्र तथा आवश्यक आधिकारीक प्रमाण पत्र पेश गरि छुट बमोजिम सो सेवा दिइन लागिएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिएका छन्। सो सम्झौता अस्पतालका तर्फबाट सिइओ चक्र खडायत र मेडिकल निर्देशक बिदुमणी ढकाल तथा नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघका तर्फबाट अध्यक्ष दिनेश राज भट्ट र सचिब हरी अधिकारी बिच हस्ताक्षरसहित सम्झौता गरिएको खडायतले बताए।
सम्झौता पत्रमा ६ प्रकारका बिभिन्न उपचार तथा परिक्षण सेवामा बिशेष छुट समेतको ब्यवस्था गरिएको NMSRA धनगढीका सचिब हरि अधिकारीले बताउनु भएको छ ।