Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विपन्न विरामीका लागि शैया नि:शुल्क गर्ने अभियानमा स्वास्थ्यमन्त्री बस्नेत,

कोशी अस्पतालमा पनि ३ सय ३० शैया नि:शुल्क

Nam Raj Bhatta by Nam Raj Bhatta
June 27, 2023
in News
Reading Time: 1 min read
A A
0
विपन्न विरामीका लागि शैया नि:शुल्क गर्ने अभियानमा स्वास्थ्यमन्त्री बस्नेत,
606
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

विराटनगर, १२ असार २०८०

वीर अस्पतालमा ७ सय शैया विपन्न विरामीका लागि नि:शुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शैया नि:शुल्क उपचार गर्ने निर्णय गर्नु भएको छ ।

आकस्मिक निरिक्षणको क्रममा मंगलबार विराटनगर पुग्नु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतको निर्देशन पछि कोशी अस्पतालले आईसियू, एचडियू र क्याबिन बाहेकका ३ सय ३० शैया नि:शुल्क गरिएको हो । स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागु गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार नि:शुल्क गर्न आफुले निर्देशन दिएपछि कोशी अस्पतालले आजैदेखि नि:शुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले जानकारी दिनु भयो । Koshi hospital

मन्त्री बस्नेतले विपन्न विरामीका लागि शैयामात्र नि:शुल्क नभएर उपचार पनि नि:शुल्क हुने बताउनु भयो । कोशी अस्पतालका प्रमुख डा. रविनराज सिंहले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार ३ सय ३० शैया नि:शुल्क गरेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले वीर अस्पतालबाट सुरु गरेको विपन्नका लागि शैया नि:शुल्क गर्ने अभियान राजधानी बाहिरबाट पहिलो पटक कोशीबाट सुरु गरिएको र भविश्यमा देशका अन्य सरकारी अस्पतालमा पनि सुरु गर्न लागेको बताउनु भयो । नि:शुल्क उपचार पाउनका लागि स्थानिय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको छ । कोशी अस्पतालको टिकट काउन्टरमा भिड र अव्यवस्थित देखिएको पाइएपछि मन्त्री बस्नेतले उपचार सेवा सहज बनाउन अनलाईनबाट समेत टिकट काट्न पाउने व्यवस्था गर्न अस्पतालका निर्देशकलाई निर्देशन दिनु भएको थियो ।

निरीक्षणमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । त्यसै बिच मंगलबार नै मन्त्री बस्नेतले अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा झापाको आम्दा अस्पताललाई एक करोड २५ लाख पर्ने अक्सिजन हस्तान्तर समेत गर्नु भएको थियो । सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारीका साथै न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतको पनि उपस्थिति रहेको थियो । मन्त्री बस्नेतले मंगलबार नै विराटनगरको पथरी नगर अस्पताल, कान्ति बाल अस्पताल, दमक नगर अस्पताल र बिर्ता सिटी अस्पताल लगायतका अस्पतालहरुको निरिक्षण गरेर सहज रुपमा उपचार सेवा प्रदान गर्न अस्पतालका अधिकारीहरुलाई निर्देशन दिनु भएको थियो ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Koshi hospital BiratnagarMohan Basnet
SummarizeShare255ScanTweet146

Related articles

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

by Nam Raj Bhatta
March 30, 2026
0

काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। महानगरले निःशुल्क...

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

रुपन्देहीमा ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ हुने भएको छ । नेपाल भेटेरिनरी एशोसियसनको आयोजनामा नेपालमा पशु...

योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

नेपाल चिकित्सक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति आएको छ । चिकित्सक संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.