काठमाडौं, ३ कार्तिक २०८०
डा. ओजस्वी शेरचन दोस्रो मिसेस नेपाल कल्चर २०२३ बनेकी छिन् । बुधबार राती भएको फिनालेमा उनले मिसेस नेपाल कल्चर २०२३ को ताज पहिरिएकी हुन् ।
उक्त प्रतिस्पर्धामा उपविजेताका रुपमा प्रथम रनरअप डा. अंकिता ठाकुर, द्वितीय रनरअप सुष्मा बस्न्यात, तृतीय रनर अप श्रेया ढुंगाना र चौथो रनरअप नीरा तामाङ भइन् ।प्रतिस्पर्धामा बिजेता भोटिङ र निर्णायकहरुले दिने संयुक्त अंकको आधारमा गरिएको थियो ।
मिसेस नेपाल कल्चरले आयोजना गरेको उक्त प्रतियोगितामा विजेता डा. ओजस्वीलाई नेपालका पहिलो मिस नेपाल रबी रानाले ताज पहिर्याइ दिएकी थिइन्।
डा. ओजस्वीले बायोक्यामेस्ट्रीबाट एमडी गरि नेपाल मेडिकल कलेजमा सहप्राध्यापकको रूपमा कार्यरत छिन् ।
धरान बिपि कोइरालाबाट एमडी गरि ६ वर्ष धरानमा स्वास्थ्य र शिक्षामा योगदान पुर्याउदै आउनु भएको थियो।