काठमाडौं, २२ मंसिर २०७९
राजधानीको चाबहिलस्थित चुच्चेपाटी प्रेट्रोल पम्प सँगै डाम्पा कम्प्लेक्सको चौथो तलामा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक खुलेको छ।
बिहिबार कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ र बिनिसा हमालले रिबन काटेर क्लिनिकको शुरुवात गर्नुभएको छ।
उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री श्री टोप बहादुर रायमाझी, समाजसेवी लगायतहरुको उपस्थित रहेको क्लिनिकका अध्यक्ष सागर भुसालले जानकारी दिनुभयो।
क्लिनिकले कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङ सम्बन्धि सम्पूर्ण रोग, कपाल सम्बन्धि सम्पूर्ण रोग, दाद, कालोपोतो मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला यौन सम्बन्धी रोगहरुको सेवा दिने उदेश्यले खोलिएको अध्यक्ष सागर भुसालले बताए।
भुसालले ब्यापारिक केन्द्र बनाएर मात्रै नभएर सेवामुखी उदेश्यले खोलिएको बताउनु भयो।
क्लिनिकमा डा. मोहन भुसाल, डा. एलिसा भट्टराई र डा. सन्देश मास्के लगायत १० जना कर्मचारीहरू कार्यरत रहेका छन्।
त्यस्तैगरी मंसिर र पुस महिनाभरी उद्घाटनको अवसरमा ओपिडी तथा अन्य सेवाहरुमा ५० प्रतिशत छुटको पनि व्यवस्था रहेको भुसालले बताए।
उक्त सेन्टर बिहान ९ बजे देखि साँझ ७ बजे सम्म खुल्नेछ।