काठमाडौं, १३ असोज २०८०
मानसिक रोग अस्पतालका निर्देशक डा. अनन्त अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘सर्वाइवल नोट’को सार्वजनिक गरिएको छ ।
साहित्यकार प्राडा. अभि सुवेदीले डा. अधिकारीको कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ सार्वजनिक गरेका हुन् ।
डा. अधिकारीद्धारा लिखित कविता आत्महत्या रोकथामका लागि लेखिएको हो । उनले सुसाइट नोट विरुद्ध आफ्नो प्रस्तुति पस्केका छन् ।
पुस्तक लोकार्पण कार्यक्रममा डा. सुवेदीले डा. अधिकारीले कविता मार्फत निराशालाई आशामा बदल्न चाहेको बताए ।
उनले पछिल्लो समय मानिसहरु निराशतर्फ उन्मुख भइरहेको भन्दै कवितामार्फत निराशालाई आशामा परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको बताए ।
सुसाइट नोटको विरुद्धमा सर्वाइकल नोट रहेको भन्दै उनले मानिसलाई झनै निराशा बनाउने कुरा भन्दा खुसी पार्नतर्फ लाग्नुपर्ने बताए ।
कार्यक्रममा समालोचक डा. गीता त्रिपाठीले चिकित्सकले उपचार गर्दा देखेका मानिसको कुरालाई कविता बाट पस्किएको बताए । काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अनन्त वाग्लेले पुस्तकले सकारात्मक सन्देश दिन खोजेको बताए ।
गीतकार दिनेश अधिकारीले पुस्तकले खुसीसाथ वाँच्नका लागि सन्देश दिन खोजेको बताए ।
लेखक डा. अधिकारीले आत्महत्या रोकथाममा आफ्नो पुस्तक केन्द्रीत भएको बताए। कार्यक्रमको संचालन पत्रकार दिपक समिरले गर्नुभएको थियोे ।