काठमाडौं, १५ जेठ २०८०
उपसभामुख इन्दिरा राना मगरले महिनावारी बेलामा हुने विभेदको घरबाट नै अन्त्य गर्नुपर्ने बताएकी छन् ।
महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन साझेदारको गठबन्धन (एमएचएमपिए) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्तो बताएकी हुन् ।
रानाले महिनावरी समान्य प्रक्रिया हो भनेर जनचेतना फैलाउन आजैबाट सुरु गर्न पनि सबै युवालाई आग्रह गर्दै त्यसको सुरु घरबाटनै गर्नुपर्ने बताईन् ।
महिनावारीको बेलामा सार्वजनिक शैचालयमा साबुन पानी र स्यानिटरी प्याड व्यवस्था नहुँदा अनेक दुख भोग्नु परेकोले शैचालयमा साबुन पानी र स्यानिटरी प्याडको व्यवस्था गर्नु पर्नेमा उनले जोड दिईन् ।
महिनावारीका विषयमा जनचेतना फैलाउन सरकार एक्लैले भन्दा पनि सबै क्षेत्रको सहकार्य आवश्यक पर्ने उनको भनाइ छ। यस वर्षको विश्व महिनावारी दिवस सम्मानित महिनावारी हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ मनाईएको छ।