Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बेलायतमा जाने चिकित्सकका लागि प्ल्याब तयारी कक्षा नेपालमै #Medicos

यसअघि बेलायमा गएर उक्त तयारी कक्षा लिनुपर्ने बाध्यता थियो ।

Nam Raj Bhatta by Nam Raj Bhatta
March 18, 2021
in News, Research & Study
Reading Time: 1 min read
A A
0
बेलायतमा जाने चिकित्सकका लागि प्ल्याब तयारी कक्षा नेपालमै #Medicos
628
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं,५ चैत्र २०७७

अब देखि नेपालमै प्ल्याब परीक्षा तयारी कक्षा सुरु भएको छ ।
बेलायतमा अध्ययन गरी चिकित्सा पेशा गर्न चाहने चिकित्सकहरुले बेलायतमै गई प्ल्याब तयारी कक्षा लिनुपर्ने बाध्यता थियो ।

पछिल्लो समय न्यून परिश्रमिक, सुरक्षा प्रत्याभुतीको अभाब र एम.डी/एम.एस तालीममा प्रवेश गर्नको कठीनाईका कारण नेपालका डाक्टरहरुमा छाएको निराशाका विच बेलायत नेपाली डाक्टरहरु विच एउटा लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

यसलाई मध्यनजर गर्दै एनक्लेक्स नेपालले नेपालमै पहिलो पटक बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण हुनुपर्ने प्ल्याब परिक्षाको तयारी कक्षा सुरु गरेको हो । एनक्लेक्स नेपालका प्रमुख सजना केसीले नेपालमै प्ल्याब कक्षा सुरु हुदा बेलायतमै गएर उक्त कक्षा लिनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । हामीले दोस्रो चरणमा कक्षा सम्पन्न गरीसकेका छौं,केसीले भन्नुभयो,“अब बेलायतमा गएर शुरुवाती अवस्थाबाट प्ल्याब कक्षा लिइरहनुपर्ने जरुरी छैन,जुन सेवा नेपालमै उपलब्ध भइसकेको छ ।”

received 778004346142589

केहि वर्ष अघि सम्म बेलायत जान चाहने डाक्टरहरुको प्रमुख चिन्ता एम.डी/एम.एस ट्रेनिङ्ग गर्न मौका नपाइने पो हो कि भन्ने थियो । तर अक्टोबर २०१९ मा बेलायतले डाक्टरहरुलाई पेशागत खाँचोको सुचीमा समावेश गरे संगै विदेशी र बेलायतमै प्रशिक्षित डाक्टरहरु विच विशेषज्ञ तालिमको अवसर समान हुने शुनिस्चित भएको छ । यस कारण गएका २ वर्षमा विशेषज्ञ ट्रेनिङ्गमा प्रवेश पाउने विदेशी डाक्टरहरुसंगै नेपाली डाक्टरहरुको सङ्ख्यामा वृद्धि भएको छ ।
चिकित्सा शिक्षा आयोगले हालसालै गरेको सि.ई.ई परिक्षामा देश भरिका डाक्टरहरुका लागि एकहजार एकसयको हाराहारीमा एम.डी÷एम.एस सिट उपलब्ध गराएको थियो । यो सिट सङ्ख्यामा पनि सरकारी डाक्टरहरुको आरक्षण सिट र धेरै नरुचाइने बेसिक साइन्सका सिटहरु घटाउनेहो भने करिब पाँचहजारको सङ्ख्यामा रहेका परिक्षार्थीको केवल १० प्रतिशत मात्र सिट उपलव्ध थिए । परिक्षाको प्राप्ताङ्कका आधारमा कुन विधामा विशेषज्ञत हासिल गर्ने भन्ने कुरा निर्भर हुने हुँदा धेरै डाक्टरहरु आफ्नो इच्छ्याएको विषयमा अध्ययन गर्न नपाउने बाध्यता पनि नेपालमा विध्यमान छ ।

received 483243763035196
यसको तुलना बेलायत संग गर्दा यस बर्ष जेनेरल प्राक्टिस ट्रेनिङ्गका लागि मात्र चार हजार २५० सिट उपलब्ध गराएको थियो । साथै, प्रत्यक विधाको आवेदन तथा छनौट प्रकृया छुट्टाछुट्टै हुने भएकाले पनि वेलायत प्रति विदेशी डाक्टरहरुको आर्कषण बढ्दै गएको छ ।

बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण गर्नुपर्ने परिक्षा प्ल्याबका दुई भाग छन् । पहिलो भाग, जसलाई प्ल्याब वान भनिन्छ र यसमा चिकित्सकहरुको बस्तुगत ज्ञान लिखित परिक्षा मार्फत मापन गरिन्छ । नेपालमा यो परिक्षा दिन नमिले पनि भारत, बङ्गलादेश, पाकिस्तान लगायत विश्वका २३ स्थानमा गएर सजिलै दिन सकिन्छ । त्यस्तै प्ल्याब परिक्षाको दोस्रो भागलाई प्ल्याब टु भनिन्छ र यस परिक्षामा डाक्टरहरुको प्रयोगत्मक सिप मुल्याङ्कन गरिन्छ । यो परिक्षा वेलायतमा मात्र हुन्छ र नेपाली डाक्टरहरु लाई यसको तयारी गर्न पनि वेलायतनै जानुपर्ने बाध्यता अहिले सम्म विद्यमान थियो । आफ्नो अनुभव बताउँदै एनक्लेक्स नेपाल कि प्ल्याब बिभाग प्रमुख तथा जिएमसि रजिष्टरर्ड डाक्टर डा. कन्चन घिमिरे भन्छिन “ प्ल्याब –२ तयारी गर्न बेलायत नै जानुपर्ने वाध्यता र त्यस संग जोडिएर आउने खर्च तथा कठिनाईले धेरै नेपाली डाक्टरहरुलाई हतोत्साही बनाउथ्यो । यसका साथै अरु देशबाट आएका डाक्टरहरुले बेलायत आउनु अगावै आफ्नै देशमा पुर्व तयारी गरेर आउने हुँदा तुलनात्मक रुपमा उनिहरुलाई यो परिक्षा सहज हुन्थ्यो र हामी कम तयारी भएको महशुस गर्दथ्यौँ । ” यस बाध्यता र असुविधालाई चिर्न आफुले एनक्लेक्स नेपालसंग यो सहकार्य शुरु गरेको भन्दै डा. घिमिरेलेले यो तयारी कक्षाको शुरुवात संगै हाम्रा सहकर्मीहरु प्ल्याब –२ का लागि तयार भएर बेलायत जान सक्छन्,– यसले बेलायतको बसाई र खर्चमा कमी आउने र परिक्षामा नेपाली डाक्टरहरु अझ धेरै उत्रिर्ण हुने कुरामा हामीलाई कुनै शंका छैन । ”
लामो पुर्व तयारीका र अध्ययन पछि नेपाली डाक्टरहरु माझ प्ल्याब –२ का तयारी कक्षा ल्याउन सकेकोमा एनक्लेक्स नेपाल कि प्रवन्धक निर्देशक सजना के.सी ले खुसी व्यक्त गरिन् । “

प्ल्याब –२ परिक्षाको तयारी नेपालमै गर्न नपाएको गुनासो हामीले धेरै डाक्टरहरु बाट सुन्दै आएका थियौ । तर आवश्यक गृहकार्य जस्तो कि अनुभव प्राप्त प्रशिक्षक र प्राक्टिकल ट्रेनिङ्गका लागी चाहिने मेडिकल डम्मीहरुको प्रबन्ध नभईकन हामी हतारीने पक्षमा थिएनौँ । लामो अध्ययन र पूर्ण तयारीकासाथ हामीले प्ल्याब कक्षा सञ्चालन गरी दुई वटा व्याचको कक्षा पनि सम्पन्न गरिसकेका छौँ ।

डिसेम्बर ५, २०२० मा काठमाडौको बालुवाटार स्थित रोयल एम्पायर बुटिक होटलमा आयोजना गरिएको प्ल्याब सूचना सेसन भव्य सफलता पछि काठमाडौ बाहिरका डाक्टरहरु लक्षित मेडिकोश इन्फरमेशन टुर २०२१ आयोजना गर्न लागिएको छ ।
यस टुरमा मोफसलका डाक्टरहरुलाई प्ल्याबका बारेमा र भविष्यमा वेलायतमा कसरी एम.डी/एम.एस ट्रेनिङ्ग गर्न सकिन्छ भन्ने जानकारी दिइनेछ । उक्त सम्मेलन चैत्र ६ मा बुटवल ७ मा चितवन र ९ गते विराटनगर हुँदै चैत्र १४ गते काठमाण्डौमा आयोजना हुदैछ । यस्तै पोखरामा चैत २१ गते उक्त कार्यक्रम आयोजना हुनेछ ।

त्यहाँ डाक्टरहरुलाई सहभागी भई प्रत्यक्ष जानकारी लिन आमन्त्रित गर्दै डा. घिमिरेले भनिन् “नेपाली डाक्टर माझ वेलायत र प्ल्याबका बारेमा धेरै भ्रमपुर्ण सुचना हावी छ । हामी यस टुर मार्फत यस्ता भ्रमहरु चिर्ने प्रयास गर्नेछौ । ”

Tags: #ButwalBelayatCorona Virus #Covid19Medicos-nepalPokhara
SummarizeShare276ScanTweet147

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.