Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधिको प्रयोग गर्न नजाने औषधि पनि विष बन्न सक्छ: विश्व फर्मासिष्ट डे २०२२ #WorldPharmacistDay

Nam Raj Bhatta by Nam Raj Bhatta
September 25, 2022
in Articles, News
Reading Time: 2 mins read
A A
0
PharmacyPictureHealthNewsNepal
634
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

औषधिहरू कहिल्यै पनि दूध, कोल्ड ड्रिंक्ससित खानु हुँदैन। दूध, कोल्डड्रिंक्सले औषधिको सार तत्व नष्ट हुन् जान्छ र औषधि प्रभावहीन बन्न सक्दछ।

image editor output image331414313 16641245099375055161482878856262

✍️ मानबहादुर महरा, फमासिष्ट

औषधि मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको वस्तु हो र यो बिरामी व्यक्तिका लागि अमृत हो। यदि सही औषधि उपयुक्त बिरामीलाई प्रिस्क्राइब गरियो र बिरामीले पनि सही तरिकाले सेवन गरे भने औषधिले अमृतको काम गर्दछ ।


अन्यथा त्यही सेवन गरिएको औषधि विष बन्न सक्दछ। सानो गल्तीले मात्र बिरामी वा सेवनकर्ताको रोग निको नहुने, अर्को रोग लाग्न सक्ने, औषधिको नराम्रो असर देखिने साथै सेवनकर्ताको ज्यानै जान सक्ने हुन सक्छ ।

FB IMG 1664066576978
World Pharmacists Day

प्रसिद्ध वैज्ञानिक ‘पारासेलसास’ का अनुसार औषधि अमृत हुने कि विष हुने भन्ने कुरा औषधिको सेवन मात्राले निर्धारण गर्दछ ।रोगको प्रकृतिअनुसार औषधि प्रयोग गरिनु तथा सही तरिकाले सेवन गर्नु हरेक बिरामीका लागि अपरिहार्य छ । औषधि सेवन तरिका सिकाउनका लागि औषधि विज्ञको प्रमुख भूमिका हुन्छ ।

त्यस्तै औषधि सेवनकर्ताले मैले के औषधि खाँदैछु, किन खाँदैछु, औषधिको राम्रो तथा नराम्रो असर के-के हुन सक्छन, औषधिको एक्सपायरी मिति कति छ आदि जानकारी लिनु सेवनकर्ताको अधिकार हो र सम्पूर्ण जानकारी दिनु फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको कर्तव्य हो । कुनै पनि औषधि तथा औषधि जन्य सामग्री सकभर आफूखुसी प्रयोग गर्नु हुँदैन सिवाय केही सामान्य औषधिबाहेक जुन विरामीले आफ्नो अनुभव र आवश्यकताअनुसार प्रयोग गर्न सक्दछन् जस्तै सिटामोल, जीवनजल, आदि । यसरी औषधि प्रयोग गर्दा फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको सल्लाह लिनु पर्दछ ।

किटाणुदिरुद्ध प्रयोग गरिने एन्टीमैक्रोबियल औषधि दुरुपयोगले विकराल समस्या सिर्जना हुन पुगेको छ। यसमा बच्चा अवस्थामा हाइडोज प्रिस्क्राइब गरिनु, निश्चित डोज र समय अवधि सम्ममा एन्टिबायोटिक प्रयोग नगरिनु साथै एन्टिबायोटिक सेन्सिटिभिटी वा परीक्षणबिना नै एन्टिबायोटिक औषधि प्रयोग गरिनुले एन्टिबायोटिक रेसिसट्यान्स (स्लो मुभिङ सुनामी) जस्तो विकराल समसा खडा हुन पुगेको छ। पहिले करिब सन् १९४७ तिर मानिसले औषधि (एन्टिबायोटिक) नभएर वा कम भएर अकालमा ज्यान गुमाउनु परेको थियो भने अहिले आएर औषधिको उचित प्रयोग/उपयोग नगरिनाले अकालमै ज्यान गुमाउनुपर्ने भएको छ।

एन्टिबायोटिक औषधि प्रयोग नगरिकन रोग निको नहुने अवस्था पनि आउन सक्छ । बजारमा उपलब्ध औषधि काम नलाग्ने हुनु र समयमै नयाँ औषधिको खोज नहुनुले यस्तो परिस्थितिमा बिरामीको मृत्यु हुने सम्भावना अधिक हुन्छ । अहिले औषधि सोधकर्ताहरु पनि एन्टिबायोटिकभन्दा अरु समूहको औषधिको खोजमा व्यस्त छन् किनभने एक नयाँ औषधि बजारमा आउन करिब २०-२५ वर्ष लाग्छ र खरबौं डलर खर्च गरेर जन्माएको एन्टिबायोटिक बजारमा आएको ५-१० वर्षमै काम नलाग्ने भएर गएको देखिन्छ।

त्यसैले यस्तो परिस्थितिबाट बच्न एन्टिबायोटिक औषधिको सही सदुपयोग गरौं, एन्टिबायोटिक खाएको २-३ दिनमै रोग निको भएमा पनि उक्त औषधि (कम्तीमा पाँच-सात दिन) वा फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको सल्लाहबमोजिम पूरा मात्रामा खानु पर्दछ। त्यस्तै धुलो औषधिलाई पानीमा घोलेर बनाइएको झोल एन्टिबायोटिक औषधि झोल बनाइएको अवधिदेखि बढीमा सात दिनसम्म मात्र प्रयोग गर्नु पर्दछ र सकेसम्म त्यस्तो पाउडरलाई झोल बनाइएको औषधि चिसो ठाउँमा (रेफ्रिजिरेटरमा) भण्डारण गर्नु पर्दछ र प्रयोग गर्नुपूर्व राम्रोसित औषधि हल्लाएर मात्र प्रयोग गर्नु पर्दछ।

कुनै पनि चक्की औषधि (ट्याब्लेट) भाँचेर प्रयोग गर्नु हुँदैन । यदि आधा चक्की प्रयोग गर्नु पर्ने भए आधा भाँचिएको औषधि खाएर बाँकी औषधि टुक्रा फ्यालिदिनु पर्दछ। त्यस्तै चपाएर, चुसेर खानुहोस् भन्ने औषधिबाहेक नयाँ प्रविधिबाट फर्मुलेट गरिएको औषधि जस्तै इन्टेरिक्कोटेट औषधि, एस. आर., पी. आर., एक्स. एल. आदि लेखिएको औषधि कहिल्यै पनि चपाएर वा चक्की औषधि (ट्याब्लेट) भाँचेर खानु हुँदैन र जसरी प्रयोग गर्न भनिएको छ त्यसरी नै प्रयोग गर्नु पर्दछ । कुनै पनि चक्की औषधि (ट्याब्लेट) र क्याप्सुल औषधि खाँदाखेरि सकभर २५० मि. लि. अर्थात् १ ठूलो गिलास मनतातो पानी पिउनु पर्दछ । यी औषधिहरू कहिल्यै पनि दूध, कोल्ड ड्रिंक्ससित खानु हुँदैन। दूध, कोल्डड्रिंक्सले औषधिको सार तत्व नष्ट हुन् जान्छ र औषधि प्रभावहीन बन्न सक्दछ।

श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित रोग (दम) हरूमा प्रयोग गरिने औषधिहरुको प्रयोग विधि औषधिविज्ञले भने जस्तै प्रयोग गर्नु पर्दछ। विभिन्न समयमा गरिएका शोधहरूबाट करिब ९० प्रतिशत दम तथा ‘सीओपीडी’का बिरामीलाई मुखबाट तानेर लिनु पर्ने डीपीआई र एमडीआई औषधिको सेवन विधि थाहा नभएको पत्ता लागेको छ । त्यसैले यस किसिमका बिरामीले फर्मासिस्ट वा चिकित्सकले सिकाएअनुसार औषधि लिनु पर्दछ। प्रयोग गरिसके पछि मन तातो पानीले मुख कुल्ला गर्न नभुल्नु होला।

त्यस्तै आँखा, कान, नाकमा राखिने थोपा औषधि बिर्को खोलिएको एक महिनाभित्र मात्र प्रयोग गर्नु पर्दछ र घरमा भण्डारण गर्दा सीधै घाम नलाने, ओस नआउने तथा सकभर सानो केटाकेटीले नभेट्ने ठाउँमा राख्नु पर्दछ । सबै प्रकारको औषधि चिसो ठाउँमा राख्नु पर्छ भन्दैमा घरमा भएको फ्रिजमा राख्नु हुँदैन । यसो गर्दा औषधिको प्रभावकारिता नष्ट भएर जान्छ । त्यस्तै गरी मल्हम किसिमका औषधिहरू ट्युबको पछाडि भागबाट थिच्दै प्रयोग गर्नु पर्छ साथै प्रयोग गर्नुपूर्व थोरै औषधि फालिदिनु उचित हुन्छ अनि बाँकी प्रयोग गर्दा सबैभन्दा राम्रो हुन्छ। त्यस्तै यस्तो औषधिको ट्युबको टुप्पोले संक्रमित भागलाई नछोइकन प्रयोग गर्नु पर्दछl

कुनै कुनै औषधि ठीक-ठीक समयमा सेवन गनु पर्दछ जस्तै एन्टिबायोटिक, उच्च रक्तचाप (ब्लड प्रेसर) को औषधि मधुमेहको औषधि आदि। धेरै लामो समयको ग्याप गर्नु हुँदैन।एउटै बिरामीलाइ दुई वा दुईभन्दा बढी रोग लागेको छ र दुईभन्दा बढी औषधि सेवन गर्नु पर्दछ भने कम्तीमा २ घण्टा वा २ घण्टाभन्दा बढी समयको ग्याप गर्नु पर्दछ, गेडागुडी जस्तो सबै सँगै खानु हुँदैन ।खाली पेटमा खानु पर्ने औषधिलाई खाना खानुभन्दा २ घण्टा अगाडि नै खानु पर्दछ ।

खानापछि खानु पर्ने औषधिलाई भुलेर पनि खाली पेटमा खानै हुँदैन किनभने त्यस्ता औषधिले पेटमा इरिटेसन हुने, घाऊ बनाउन सक्छ ।रावीप्रजोल, पेन्टोप्राजोल, इसामीप्राजोललगायतका ग्यास्ट्रिक रोग निको पार्ने पीपीआई समूहका औषधि लामोसम्म (३ महिनाभन्दा बढी) लगातार प्रयोग गर्नु हुँदैन ।यसरी लामो समयसम्म लगातार यी औषधि खाँदा पेटको संक्रमण हुने, भिटामिन बी-१२ को कमी हुने, क्याल्सियम, म्याग्नेसियम जस्ता मिनरलको कमी हुने, हड्डी-मांशपेशी कमजोर हुने हुन् जान्छ । सधैं खानुपर्ने अवस्था भएमा बीच-बीचमा ग्याप गरेर प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यसैले हरेक किसिमका बिरामीले फर्मासिस्ट वा चिकित्सकले सिकाएनुसार औषधि लिनु पर्दछ।

Tags: FeaturedMedicinesPharmacy
SummarizeShare282ScanTweet147

Related articles

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

by Nam Raj Bhatta
May 8, 2026
0

रसायन तथा मेडिकल आपूर्ति संघको २० औं सधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। कुपोन्डोलस्थित हिमालया होटेलमा भएको सप्पन्न २० औं सधारणसभाबाट शैलेस कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति भएको हो।...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

by Nam Raj Bhatta
May 7, 2026
0

सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जिम्मेवारी डा. उमेश नेपाललाई सिएको छ। अस्पतालमा पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि डा. नेपाललाई निमित्त कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी...

काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म

काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म

by Nam Raj Bhatta
May 7, 2026
0

नेपाल मेडिकल काउन्सिलको स्थलगत अनुगमन टोलीले काठमाडौं महानगरभित्र सञ्चालित विभिन्न डेन्टल क्लिनिकहरूमा म्याद गुज्रेका सामग्री देखि नक्कली उपचार हुने फेला पारेको छ। मेडिकल काउन्सिलका सदस्यहरू डा. अस्मिता पोखरेल,...

दाङमा पहिलोपटक मुटुको`एन्जियोप्लाष्टि’ सेवा सुरु

दाङमा पहिलोपटक मुटुको`एन्जियोप्लाष्टि’ सेवा सुरु

by Nam Raj Bhatta
May 7, 2026
0

दाङको घोराहीस्थित रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएसंगै बिरामीलाई जिल्लामै उपचार गर्न सजिलो भएको छ। मुटु रोग विशेषज्ञहरुको टोलीले दुई बिरामीको सफलतापूर्वक एन्जियोप्लास्टि गरेपछि...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    700 shares
    Share 280 Tweet 175
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    679 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल
  • काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म
  • दाङमा पहिलोपटक मुटुको`एन्जियोप्लाष्टि’ सेवा सुरु
  • विदेशी चिकित्सकले काउन्सिलमा बिना दर्ता सेवा दिन नपाउने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.