आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

औषधिको प्रयोग गर्न नजाने औषधि पनि विष बन्न सक्छ: विश्व फर्मासिष्ट डे २०२२ #WorldPharmacistDay

Nam Raj Bhatta by Nam Raj Bhatta
September 25, 2022
in Articles, News
A A
0
Pharmacypicturehealthnewsnepal
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

औषधिहरू कहिल्यै पनि दूध, कोल्ड ड्रिंक्ससित खानु हुँदैन। दूध, कोल्डड्रिंक्सले औषधिको सार तत्व नष्ट हुन् जान्छ र औषधि प्रभावहीन बन्न सक्दछ।

Image editor output image331414313 16641245099375055161482878856262

✍️ मानबहादुर महरा, फमासिष्ट

औषधि मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको वस्तु हो र यो बिरामी व्यक्तिका लागि अमृत हो। यदि सही औषधि उपयुक्त बिरामीलाई प्रिस्क्राइब गरियो र बिरामीले पनि सही तरिकाले सेवन गरे भने औषधिले अमृतको काम गर्दछ ।


अन्यथा त्यही सेवन गरिएको औषधि विष बन्न सक्दछ। सानो गल्तीले मात्र बिरामी वा सेवनकर्ताको रोग निको नहुने, अर्को रोग लाग्न सक्ने, औषधिको नराम्रो असर देखिने साथै सेवनकर्ताको ज्यानै जान सक्ने हुन सक्छ ।

Fb img 1664066576978
World Pharmacists Day

प्रसिद्ध वैज्ञानिक ‘पारासेलसास’ का अनुसार औषधि अमृत हुने कि विष हुने भन्ने कुरा औषधिको सेवन मात्राले निर्धारण गर्दछ ।रोगको प्रकृतिअनुसार औषधि प्रयोग गरिनु तथा सही तरिकाले सेवन गर्नु हरेक बिरामीका लागि अपरिहार्य छ । औषधि सेवन तरिका सिकाउनका लागि औषधि विज्ञको प्रमुख भूमिका हुन्छ ।

त्यस्तै औषधि सेवनकर्ताले मैले के औषधि खाँदैछु, किन खाँदैछु, औषधिको राम्रो तथा नराम्रो असर के-के हुन सक्छन, औषधिको एक्सपायरी मिति कति छ आदि जानकारी लिनु सेवनकर्ताको अधिकार हो र सम्पूर्ण जानकारी दिनु फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको कर्तव्य हो । कुनै पनि औषधि तथा औषधि जन्य सामग्री सकभर आफूखुसी प्रयोग गर्नु हुँदैन सिवाय केही सामान्य औषधिबाहेक जुन विरामीले आफ्नो अनुभव र आवश्यकताअनुसार प्रयोग गर्न सक्दछन् जस्तै सिटामोल, जीवनजल, आदि । यसरी औषधि प्रयोग गर्दा फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको सल्लाह लिनु पर्दछ ।

किटाणुदिरुद्ध प्रयोग गरिने एन्टीमैक्रोबियल औषधि दुरुपयोगले विकराल समस्या सिर्जना हुन पुगेको छ। यसमा बच्चा अवस्थामा हाइडोज प्रिस्क्राइब गरिनु, निश्चित डोज र समय अवधि सम्ममा एन्टिबायोटिक प्रयोग नगरिनु साथै एन्टिबायोटिक सेन्सिटिभिटी वा परीक्षणबिना नै एन्टिबायोटिक औषधि प्रयोग गरिनुले एन्टिबायोटिक रेसिसट्यान्स (स्लो मुभिङ सुनामी) जस्तो विकराल समसा खडा हुन पुगेको छ। पहिले करिब सन् १९४७ तिर मानिसले औषधि (एन्टिबायोटिक) नभएर वा कम भएर अकालमा ज्यान गुमाउनु परेको थियो भने अहिले आएर औषधिको उचित प्रयोग/उपयोग नगरिनाले अकालमै ज्यान गुमाउनुपर्ने भएको छ।

एन्टिबायोटिक औषधि प्रयोग नगरिकन रोग निको नहुने अवस्था पनि आउन सक्छ । बजारमा उपलब्ध औषधि काम नलाग्ने हुनु र समयमै नयाँ औषधिको खोज नहुनुले यस्तो परिस्थितिमा बिरामीको मृत्यु हुने सम्भावना अधिक हुन्छ । अहिले औषधि सोधकर्ताहरु पनि एन्टिबायोटिकभन्दा अरु समूहको औषधिको खोजमा व्यस्त छन् किनभने एक नयाँ औषधि बजारमा आउन करिब २०-२५ वर्ष लाग्छ र खरबौं डलर खर्च गरेर जन्माएको एन्टिबायोटिक बजारमा आएको ५-१० वर्षमै काम नलाग्ने भएर गएको देखिन्छ।

त्यसैले यस्तो परिस्थितिबाट बच्न एन्टिबायोटिक औषधिको सही सदुपयोग गरौं, एन्टिबायोटिक खाएको २-३ दिनमै रोग निको भएमा पनि उक्त औषधि (कम्तीमा पाँच-सात दिन) वा फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको सल्लाहबमोजिम पूरा मात्रामा खानु पर्दछ। त्यस्तै धुलो औषधिलाई पानीमा घोलेर बनाइएको झोल एन्टिबायोटिक औषधि झोल बनाइएको अवधिदेखि बढीमा सात दिनसम्म मात्र प्रयोग गर्नु पर्दछ र सकेसम्म त्यस्तो पाउडरलाई झोल बनाइएको औषधि चिसो ठाउँमा (रेफ्रिजिरेटरमा) भण्डारण गर्नु पर्दछ र प्रयोग गर्नुपूर्व राम्रोसित औषधि हल्लाएर मात्र प्रयोग गर्नु पर्दछ।

कुनै पनि चक्की औषधि (ट्याब्लेट) भाँचेर प्रयोग गर्नु हुँदैन । यदि आधा चक्की प्रयोग गर्नु पर्ने भए आधा भाँचिएको औषधि खाएर बाँकी औषधि टुक्रा फ्यालिदिनु पर्दछ। त्यस्तै चपाएर, चुसेर खानुहोस् भन्ने औषधिबाहेक नयाँ प्रविधिबाट फर्मुलेट गरिएको औषधि जस्तै इन्टेरिक्कोटेट औषधि, एस. आर., पी. आर., एक्स. एल. आदि लेखिएको औषधि कहिल्यै पनि चपाएर वा चक्की औषधि (ट्याब्लेट) भाँचेर खानु हुँदैन र जसरी प्रयोग गर्न भनिएको छ त्यसरी नै प्रयोग गर्नु पर्दछ । कुनै पनि चक्की औषधि (ट्याब्लेट) र क्याप्सुल औषधि खाँदाखेरि सकभर २५० मि. लि. अर्थात् १ ठूलो गिलास मनतातो पानी पिउनु पर्दछ । यी औषधिहरू कहिल्यै पनि दूध, कोल्ड ड्रिंक्ससित खानु हुँदैन। दूध, कोल्डड्रिंक्सले औषधिको सार तत्व नष्ट हुन् जान्छ र औषधि प्रभावहीन बन्न सक्दछ।

श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित रोग (दम) हरूमा प्रयोग गरिने औषधिहरुको प्रयोग विधि औषधिविज्ञले भने जस्तै प्रयोग गर्नु पर्दछ। विभिन्न समयमा गरिएका शोधहरूबाट करिब ९० प्रतिशत दम तथा ‘सीओपीडी’का बिरामीलाई मुखबाट तानेर लिनु पर्ने डीपीआई र एमडीआई औषधिको सेवन विधि थाहा नभएको पत्ता लागेको छ । त्यसैले यस किसिमका बिरामीले फर्मासिस्ट वा चिकित्सकले सिकाएअनुसार औषधि लिनु पर्दछ। प्रयोग गरिसके पछि मन तातो पानीले मुख कुल्ला गर्न नभुल्नु होला।

त्यस्तै आँखा, कान, नाकमा राखिने थोपा औषधि बिर्को खोलिएको एक महिनाभित्र मात्र प्रयोग गर्नु पर्दछ र घरमा भण्डारण गर्दा सीधै घाम नलाने, ओस नआउने तथा सकभर सानो केटाकेटीले नभेट्ने ठाउँमा राख्नु पर्दछ । सबै प्रकारको औषधि चिसो ठाउँमा राख्नु पर्छ भन्दैमा घरमा भएको फ्रिजमा राख्नु हुँदैन । यसो गर्दा औषधिको प्रभावकारिता नष्ट भएर जान्छ । त्यस्तै गरी मल्हम किसिमका औषधिहरू ट्युबको पछाडि भागबाट थिच्दै प्रयोग गर्नु पर्छ साथै प्रयोग गर्नुपूर्व थोरै औषधि फालिदिनु उचित हुन्छ अनि बाँकी प्रयोग गर्दा सबैभन्दा राम्रो हुन्छ। त्यस्तै यस्तो औषधिको ट्युबको टुप्पोले संक्रमित भागलाई नछोइकन प्रयोग गर्नु पर्दछl

कुनै कुनै औषधि ठीक-ठीक समयमा सेवन गनु पर्दछ जस्तै एन्टिबायोटिक, उच्च रक्तचाप (ब्लड प्रेसर) को औषधि मधुमेहको औषधि आदि। धेरै लामो समयको ग्याप गर्नु हुँदैन।एउटै बिरामीलाइ दुई वा दुईभन्दा बढी रोग लागेको छ र दुईभन्दा बढी औषधि सेवन गर्नु पर्दछ भने कम्तीमा २ घण्टा वा २ घण्टाभन्दा बढी समयको ग्याप गर्नु पर्दछ, गेडागुडी जस्तो सबै सँगै खानु हुँदैन ।खाली पेटमा खानु पर्ने औषधिलाई खाना खानुभन्दा २ घण्टा अगाडि नै खानु पर्दछ ।

खानापछि खानु पर्ने औषधिलाई भुलेर पनि खाली पेटमा खानै हुँदैन किनभने त्यस्ता औषधिले पेटमा इरिटेसन हुने, घाऊ बनाउन सक्छ ।रावीप्रजोल, पेन्टोप्राजोल, इसामीप्राजोललगायतका ग्यास्ट्रिक रोग निको पार्ने पीपीआई समूहका औषधि लामोसम्म (३ महिनाभन्दा बढी) लगातार प्रयोग गर्नु हुँदैन ।यसरी लामो समयसम्म लगातार यी औषधि खाँदा पेटको संक्रमण हुने, भिटामिन बी-१२ को कमी हुने, क्याल्सियम, म्याग्नेसियम जस्ता मिनरलको कमी हुने, हड्डी-मांशपेशी कमजोर हुने हुन् जान्छ । सधैं खानुपर्ने अवस्था भएमा बीच-बीचमा ग्याप गरेर प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यसैले हरेक किसिमका बिरामीले फर्मासिस्ट वा चिकित्सकले सिकाएनुसार औषधि लिनु पर्दछ।

Tags: FeaturedMedicinesPharmacy
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बयालपाटा अस्पतालले पहिलो पटक फार्मासिष्ट दिवस मनायो #worldpharmacistday

Next Post

दशैंको भिडभाडमा मास्क लगाउन किन जरुरी छ? #Mask

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

9 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती
Articles

मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
Next Post
Wear facemask

दशैंको भिडभाडमा मास्क लगाउन किन जरुरी छ? #Mask

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Kageshwori Manohara Municipality Office Covid Awareness Message
Patan Municipality Baitadi 8 disease notice
Dadura awareness message Sudurpaschim
Godawari Municipality Kailali Health Offering
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...