काठमाडौं , २९ असार
नेपाल औषधि उत्पादक संघले आज औषधि ब्यबस्था विभाग बिजुलीबजार स्थित बिहान साढे ९ बजे देखि ११:३० बजे सम्म शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ। स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णयको बिरोध गरेको औषधि उत्पादक संघका अध्यक्ष जि नारायण क्षेत्रीले बताउनु भयो। जनताले प्रयोग गर्ने स्यानेटाइजर गुणस्तरिय हुनु पर्छ भन्ने नै हाम्रो मुल माग हो।
नेपाल औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारीले अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो। कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्नेमा सरकारको यो निर्णय गलत भएको उत्पादक संघ को भनाइ छ। यो धर्ना कार्यक्रम सरकारको बिरोध स्वरुप नभइ सरकारलाई ध्यानाकर्षण स्वरुप गरिएको हो। हामि यो वा त्यो कुनै पनि बहानामा बिना दर्ता र गुणस्तर परिक्षण कुनै पनि स्वास्थ्य सामाग्री को बिक्रि बितरन रोक्नु पर्छ भन्नेमा छौ। हामि कुनै पनि हालतमा बिना दर्ता र गुणस्तर परिक्षण कुनै पनि स्वास्थ्य सामाग्री बिक्रीको बिरोधमा छौ।
नेपाली उत्पादकहरू ले पुर्ण रुपमा गुणस्तरको सुनिस्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्रि गरिरहदा विदेशबाट आयात हुने कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्रि गर्न पाउने सरकारको यो निर्णयले नेपालि औषधि उधोगलाई धरासायी बनाउन कुनै शक्ति लागिपरेको र राष्ट्रिय उधोगहरुलाइ जोगाउन हामि लगातार धर्ना र बिरोध गरिरहने छौ।
नेेपाली उद्योगहरु धर्नामा बसेर बिरोधको कार्यक्रम गरेको इतिहासमा नै पहिलोपटक हो। नेपाल आयुुुर्वेद उत्पादक संघका अध्यक्ष बिनोद पौडेलको पनि सहभागिता रहेको र उहाँले यस कार्यक्रमलाई पनि एक्यवद्धता जनाएको बताए।