आज मिति : २०८२ कार्तिक २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको सहयोग रहने मन्त्री बस्नेतको भनाई

Nam Raj Bhatta by Nam Raj Bhatta
October 8, 2023
in News
A A
0
नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको सहयोग रहने मन्त्री बस्नेतको भनाई
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ असोज २०८०

नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको सहयोग हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

आईतबार नेपाल औषधि लिमिटेडको केन्द्रीय कार्यालयको निरीक्षणका क्रममा स्वास्थ्य मन्त्री बस्नेतले औषधि लिमिटेड नेपाल सरकारको अंग भएको स्मरण गर्दै यसको विकासका लागि स्वास्थ्य मन्त्रालयले पनि सक्दो सहकार्य गर्ने बताए ।

नेपाल औषधि लिमिटेड उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय अन्तर्गत परे पनि यसले उत्पादन गर्ने औषधिको सम्बन्ध भने स्वास्थ्य मन्त्रालयसँग रहेकाले यसले उत्पादन गरेका औषधि स्वास्थ्य मन्त्रालयले किनिदिने सहज वातावरण मिलाउने मन्त्री बस्नेतले बताए ।

बस्नेतले भने, ‘ नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि स्वास्थ्यले किनिदिन्छ तर ती औषधि गुणस्तरीय हुनु पर्छ र चाहिएको जति आपूर्ति गर्न सक्नु पर्छ । ’ कुनै बेला औषधि बेचेरै नाफा समेत कमाएको औषधि लिमिटेड कम्पनी अहिले घाटामा चल्नु सुखद नभएको बताउदै मन्त्री बस्नेतले कम्पनीकै कर्मचारीको कामचोर प्रवृतिका कारण यो अवस्था आएको बताए । केही महिना अगाडि महाप्रवन्धक नियुक्त भएर आएका कैलाश पनेरुले नेपाल औषधि लिमिटेडको पुरानो साख फर्काउने योजना सहित काम अगाडि बढाएपछि स्वास्थ्य मन्त्री बस्नेत स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रलाई साथ लिएर औषधि लिमिटेडको कार्यालय पुगेका थिए ।

मन्त्री बस्नेतले डा. मिश्रलाई औषधि लिमिटेडको क्षमता र औषधि उत्पादन अवस्था अवलोकन गरि उत्पादित औषधि का विविद् पक्षबारे आफुलाई जानकारी गराउन निर्देशन दिएका थिए ।

नेपाल औषधि लिमिटेडका प्रवन्ध निर्देशक कैलाश पनेरुले बिगत लामो समयदेखि घाटामा रहेको कम्पनीलाई आत्मनिर्भर हुने गरि सञ्चालन गर्न एक वर्षका लागि सरकारले २४ करोड रुपैया ऋण अनुदान उपलब्ध गराई दिन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी गराउदै उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट पास गराउनमा सहयोग गरिदिन स्वास्थ्य मन्त्री बस्नेतलाई महाप्रवन्धक पनेरुले आग्रह गरे ।

कुनै बेला सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै नाफा समेत कमाउने गरेको यो कम्पनीले अहिले अहिले सिमिति रुपमा सिटामोल, जिवनजल लगायतका औषधि मात्र उत्पादन गर्दै आइरहेको छ । सिटामोल र जिवनजल औषधि लिमिटेडका व्रान्ड हुन । उद्योग मन्त्रालय मातहत रहेको यो कम्पनीमा अहिले ८० जना कर्मचारी कार्यरत छन् । धेरै जसो औषधिको उत्पादन बन्द भए पछि कम्पनीले आफ्ना भवन भाडामा लगाएको छ । मासिक ५० लाख खर्च रहेको यो कम्पनीले २५ लाख भाडा बाफत कमाउछ भने २५ लाख घाटामा रहेको छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Nepal medicine company
Nisarga hospital Dhangadhi
Previous Post

भरतपुर आँखा अस्पतालमा प्रशासनिक अधिकृत सहित ८ जना कर्मचारीको माग #hospital

Next Post

राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतको विज्ञापन गर्दा पनि आवेदन परेन

Related articles

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

1 day ago
787
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

4 days ago
805
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

4 days ago
810
बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा
News

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

4 days ago
791
प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार
News

प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार

6 days ago
1.1k
पिसिएल नर्सिङ काउन्सिलको परीक्षामा १७.४४ प्रतिशत उत्तीर्ण
News

पिसिएल नर्सिङ काउन्सिलको परीक्षामा १७.४४ प्रतिशत उत्तीर्ण

6 days ago
782
Next Post
राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतको विज्ञापन गर्दा पनि आवेदन परेन

राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतको विज्ञापन गर्दा पनि आवेदन परेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,295)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.