काठमाडौं, १९ साउन २०७९
नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस गरेको छ।
सिफारिस समितिले रिक्त अध्यक्ष पदमा काठमाडौ महानगरपालिका ९ का यज्ञ प्रसाद न्यौपानेको नाम सिफरिस गरेको हो।
असार २९ गते अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरिएको थियो। सिफारिस समितिले साउन १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष न्यौपानेको नाम सिफरिस गर्ने निर्णय गरेको हो।
अध्यक्ष पदका लागि पाँच जनाको आवेदन स्वीकृत भएपनि सिफारिस समितिले अन्तरवार्ताका आधारमा न्यौपानेको नाम सिफारिस गरेको हो।