आज मिति : २०८२ जेष्ठ २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

औषधि उत्पादकहरुको तेस्रो दिन पुग्दा पनि आन्दोलन जारी

HNN Staff by HNN Staff
July 15, 2020
in News
A A
0
औषधि उत्पादकहरुको तेस्रो दिन पुग्दा पनि आन्दोलन जारी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , ३१ असार

नेपाल औषधि उत्पादक संघले आज तेस्रो दिन सम्म आइपुग्दा पनि आफ्नो प्रदर्शन जारी राखेका छ। औषधि ब्यबस्था विभागमा आज बिहान ११.०० बजे देखि १२ :३० बजे सम्म शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ। तिन दिन देखि जारी यस आन्दोलन तबसम्म जारि रहन्छ जबसम्म सरकारले नेपालि औषधि उधोगलाई आत्मानिर्भर बनाउने कार्य गर्दैन। यो वा त्यो बहानामा नेपालि उधोगहरुको प्रबर्दनमा विरुध्दमा गरिएका निर्णय तत्काल फिर्ता लिन आफ्ना मागको आग्रह गरेका छ्न।

नेपाल औषधि उत्पादक संघले माननीय स्वास्थ्य मन्त्री ज्युलाई भेटेर नै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुदे माग सहित पत्र बुझाइसकेको थियो। मन्त्री ज्यु बाट औषधि परामर्श परिषदको बैठक राखी तत्काल कार्यान्वयन गर्ने बचन दिएको र नेपाल औषधि उत्पादक संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेको संघका बुझाइसकेको र एक्कासि स्यानेटाईजरको थपेकोले हामी बाध्य भएर आन्दोलनमा आउनु परेको महासचिव विप्लव अधिकारीले जानकारी दिनुभयो।

received 583100959239911

नेपाल औषधि उत्पादक संघको अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो। यो वा त्यो बहानामा नेपालि उधोगहरुको प्रबर्दनमा विरुध्दमा गरिएका निर्णय तत्काल फिर्ता गर्नुपर्ने संघका अध्यक्ष जी नारायण क्षेत्रीले बताए ।

नेपाल औषधि उत्पादक संघ ले स्यानेटाइजरमा नेपाली औषधी उधोग आत्मनिर्भर भईसकेको हुदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता लिनु पर्ने , २०७४ जेठ १७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एबं औषधीमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरि मन्त्रालय बाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको निर्णय तत्काल कार्यान्वयन गर्न २०७४ जेठ १९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधी ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको थियोे । ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि गरिएको      छैन । फलस्वरुप मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक, खाध्य परिपुरक,भिटियम लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भएपनि बिदेशी बाट खरिद गर्न बाध्य गरिएको छ ।

received 615166042539049

स्वदेशी औषधी उधोगले कुनैपनि औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञापत्र दिनु पूर्व औषधी सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ। फलस्वरुप स्वदेशी उधोगले कुनै नयाँ औषधी उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नु पर्ने जस्ता विभेदकारी निर्णय सच्याउन माग रहेको छ।

स्वदेशी औषधी उधोगको GMP प्रमाणिकरणको लागी निरिक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरिक्षण गरि प्रमाणिकरण गर्ने गरिएको साथै हरेक दुई बर्षमा बिदेशी कम्पनीको पनि अडिट गरिनु पर्ने संघका उपाध्यक्ष सन्तोष बरालले बताए।

received 287124425720823

२०७६ फागुन १९ गतेको राजपत्रमा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत राजश्व दस्तुर लिने गरि असामान्य रुपमा १२ गुणा सम्म राजश्व दस्तुर बृद्धि गरिएको हुँदा स्पष्ट रुपले स्वदेशी उधोगलाई हतोत्साहित गरिएको छ। नेपाल सरकारले हरेक बर्ष नेपालि औषधि उधोगलाइ संरक्षण गरि आत्मानिर्भर बनाउने भनि लेख्ने तर कहिल्यै पनि उधोगको बिकाश नगरेका कारण नै यो समयमा पनि हामि आन्दोलन गरेको संघको भनाइ छ।

received 334904420854253

बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने , नेपालि उधोगको बिकाश र राष्ट्रलाई आत्मानिर्भर बनाउन, कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरिय उत्पादन मात्र बजारमा बिक्रि गर्न पाउनु पर्नेमा सरकारको यो निर्णयले जनताको स्वास्थ्यमा असर पर्ने पक्का छ । यो धर्ना कार्यक्रम सरकारको बिरोध स्वरुप नभइ सरकारलाई ध्यानाकर्षण स्वरुप गरिएको हो।

नेपाली उधोगीहरु धर्नामा बसेर बिरोधको कार्यक्रम गरेको इतिहासमा नै पहिलो हो। नेपाल औषधि उत्पादक संघको यस कार्यक्रमलाइ नेपाल आयुर्बेद उत्पादक संघ,निर्यात ब्यबसायी महासंघ ,कम्प्युटर एसोसियसन नेपाल,नेपाल जेम्स तथा ज्वलेरी एसोसियसन, नेपाल कार्गो तथा कुरियर संघले पनि एक्यवद्धता जनाएको छ।

Tags: #Health and population ministryCorona Virus #Covid19department of drug administration
Nisarga hospital Dhangadhi
Previous Post

काठमाडौं उपत्यकामा ७ सहित ११६ जनामा कोरोना संक्रमीत #Covid19

Next Post

यूएईबाट पाँच उडानमार्फत नेपाली स्वदेश फर्कंदै, साउदीमा पनि नेपाली लिन जहाज जादै

Related articles

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

1 day ago
781
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

2 days ago
817
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

3 days ago
817
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

4 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

4 days ago
870
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

4 days ago
800
Next Post
यूएईबाट पाँच उडानमार्फत नेपाली स्वदेश फर्कंदै, साउदीमा पनि नेपाली लिन जहाज जादै

यूएईबाट पाँच उडानमार्फत नेपाली स्वदेश फर्कंदै, साउदीमा पनि नेपाली लिन जहाज जादै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,055)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...