बिरगंज २६ चैत/
बिरगंज रक्सौलस्थित भन्सार यार्डमा होल्ड भएका औषधि उद्योगका कच्चा पदार्थ नेपाल भित्रिन थालेका छन् । बारा पर्सा औद्योगिक कोरिडोरका तीन ट्रक कच्चा पदार्थ वीरगञ्ज भन्सार नाका हुँदै भित्रिएको हो ।
भैरहवा, विराटनगरलगायत स्थानमा रोकिएका कच्चा पदार्थसमेत ल्याउन पहल भइरहेको मारुती फर्मास्युटिकल्सका सञ्चालक प्रभात रुंगटाले रक्सौलमा रोकिएका खुद्रा सामान सहज आयात हुन थालेको जानकारी दिए । भारततर्फ थन्किएका खुद्रा समान सबै भित्रिएपछि सहज रूपमा उद्योग सञ्चालन हुने उनको भनाइ छ ।
गाडी रोकिएपछि कच्चापदार्थको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले पहल थालेको छ । महावाणिज्य दूतावासको अग्रसरतापछि रक्सौलमा रोकिएका कच्चा पदार्थ पुरानो भन्सार नाका हुँदै नेपाल पठाउन भारतीय पक्ष सहमत भएको हो ।
रक्सौल नाकाबाट जाँचपास नगर्दा समस्या भएको थियो । उनीहरुले आईसीपीबाट मात्र जाँचपास गराउनुपर्ने भन्दै अवरोध सिर्जना गरेपछि नेपालका औषधि उद्योग समस्यामा छन् । काठमाडौंमा १६, वीरगञ्जमा १५, नारायणघाटमा ९ र विराटनगरमा ४ वटा औषधि उद्योग सञ्चालनमा छन्