काठमाडौं, २७ जेठ २०७९
मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवस बुढानिलकण्ड – ४ काठमाडौ अवस्थित “पवित्र समाज सेवा नेपाल” मा रहेका ३५ जना बालबालिकाहरु र ३० जना वृद्धाहरूको निशुल्क स्वास्थ्य जाँच गरि मनाएको छ।
मेलान केन्द्रीय कार्य समिती द्वारा आयोजित स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. प्रगति भण्डारी घिमिरे , जनरल फिजिसियन डा. शुशील बोहरा र डा.सौरभ सुनारले स्वास्थ्य जाँच गरेका थिए । सो अवसरमा निशुल्क औषधी वितरण, प्रयोगशाला जाँच समेत गरिएको कुरा मेलानका महासचिव रेशम अधिकारीले जानकारी गराउनु भयो।
यस्तैगरि सो आश्रममा आवश्यक औषधीहरु, सेनेटरी प्याड, चामल, दाल, तरकारी, मासु लगायत रासन समेत वितरण गरिएको मेलान केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले जानकारी गराउनु भयो।
सो आश्रम सञ्चालिका दिक्षा ज्यूले लामो समय देखि स्वास्थ्य जाँच नपाएकोले आज यस कार्य बाट आफु धेरै खुशी भएको भन्दै मेलानलाई धन्यवाद प्रदान गर्नु भएको थियो।