काठमाडौं , ८ चैत २०७७
मेडिकल त्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान ) केन्द्रले सेवा निवृत स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई बिदाई एवं सम्मानित गरेको छ।
राजधानी स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको सभा हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा , विशिष्ट अतिथि प्रमुख मेडिकल टेक्नोलोजीष्ट लिली श्रेष्ठ , अतिथिहरुमा सिनियर कन्सन्टेन्ट प्याथोलोजिष्ट डा. रेखा मानन्धर र सह प्रमुख मेडिकल टेक्नोलोजिष्ट ज्योती आचार्य रहनु भएको थियो।
कार्यक्रमको अध्यक्षता मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्का ज्यू ले गर्नु भएको थियो।
कार्यक्रममा मेलान , केन्द्रका सचिव रोशन कुमार परियार र कोषाध्यक्ष पिताम्बर पन्तले अतिथिहरूलाई खादा लगाई र वरिष्ठ उपाध्यक्ष देवराज गौतमले मन्तव्य सहित शुभकामना मन्तवय व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विर अस्पताल , ट्रमा सेन्टर, टेकु अस्पताल, कान्ति बाल अस्पतालबाट सेवा निवृत हुनु भएका स्वास्थ्य प्रयोगशालाकर्मीहरु प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजीष्ट डा. मुकुन्दा शर्मा, सह-प्रमुख मेडिकल टेक्नोलोजिष्ट डा. विष्णु प्रसाद उपाध्याय र डा. धुव कुमार खड्का, वरिष्ठ कन्सल्ट्याण्ट प्याथोलोजीष्ट डा. भरत अमात्य, वरिष्ठ मेडिकल टेक्नोलोजिष्ट श्री उरेन्द्र बहादूर थापा, मेडिकल टेक्नोलोजीष्ट श्री तेज रत्न तुलाधर र श्री प्रेम प्रसाद त्रिपाठी, मेडिकल ल्याब टेक्नोलोजिष्ट निरीक्षक श्री लक्ष्मण महर्जन र श्री रामजी श्रेष्ठ , मेडिकल ल्याब टेक्निसियन निरीक्षक श्री शुशील कुमार जोन्छे र श्री कृष्ण प्रसाद धिताल ज्यू गरि ११ जना स्वास्थ्य प्रयोगशाला कमोहरुलाई स- सम्मान बिदाई एवं कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. झाले कोभिड–१९ व्यवस्थापनमा मेलानले खेलेको उल्लेखनीय भूमिकाको सम्झना गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहकार्य गर्दे अघि बढ्ने कुरा बताउनु भयो। सेवा निवृत हुन भएकाहरुको तर्फबाट डा. मुकुन्दा शर्मा, डा. विष्णु प्रसाद उपाध्याय र डा. ध्रुव खड़का ज्यूले आफ्नो मन्तब्यको क्रममा खुशी प्रकट गर्दै आगमी दिनमा प्रयोगशाला क्षेत्रको विकासको लागि आफुहरुले प्राप्त गरेको अनुभव प्रदान गर्दै मेलान सँगै हातेमालो गरी अघि बढ्ने कुरा बताउनु भयो।
उत्त कार्यक्रममा मेलानका आजीवन सदस्य हरुलाई सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो।
कार्यक्रममा मेलानका अध्यक्ष खड्काले प्रयोगशाला सेवा लाई थप गुणस्तरीय र जनपक्षीय बनाउन सम्पुर्ण प्रयोगशाला कर्मी हरु लाई मन बचन र कर्मले एकजुट बनाउदै लैजान मेलान ले अग्रणी भुभिका खेलिरहेको बताउनु भयो।
मेलानका महासचिव रेशम अधिकारी द्वारा सञ्चालित उत्त कार्यक्रममा मेलानका अध्यक्ष खड्काले स-सम्मान विदाई हुने महानुभावहरुको शुखमय निवृत जीवनको शुभकामना सहित प्रयोगशाला क्षेत्रको विकासको लागि गर्नु पर्ने नितीगत सुधारको अगुवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गर्नु पर्ने र त्यसमा सांगठिक रुपमा मेलानले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्दै सँगै अघि बढ्नु पर्ने कुरा बताउनु भएको थियो।
Comments 1