काठमाडौं, ३० फागुन २०७८
त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज चिकित्सा क्याम्पसका प्राध्यापक डा. प्रेमराज ज्ञवाली त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थानको सहायक डीनमा नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परीषद्का अध्यक्ष तथा उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले चैत १ गतेबाट लागु हुनेगरी ज्ञवालीलाई सहायक डीनमा नियुक्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय सङगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (२) र (३) बमोजिम त्रिभुवन विश्वविद्यालय कार्यकारी बैठकको ०७८ फागुन २७ गतेको निर्णय अनुसार प्रा.डा. ज्ञवालीलाई चैत १ देखि लागू हुने गरी सहायक डीन नियुक्त गरेको हो ।