भक्तपुर, १३ माघ २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीमाथि आक्रमण भएको छ ।
बिहीबार बिहान ११ बजे सानोठिमी स्थित कार्यालय जाँदै गर्दा उनी सवार गाडीमा आक्रमण भएको आयोगले जनाएको छ ।
उपाध्यक्ष प्राडा. गिरी निवासबाट सानोठिमी स्थित कार्यालय जाँदै गर्दा काँडाघारी भन्ने स्थानमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण भएको आयोगले उल्लेख गरेको छ । आयोगका सदस्यसचिव डा. भोजराज शर्मा काफ्ले द्धारा जारी विज्ञप्तीमा घटनाको भत्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ।
चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ। साथै उक्त कार्यमा संलग्न व्यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ।
चिकित्सा शिक्षा आयोगको प्रेस विज्ञप्ति
