काठमाडौं, १० माघ २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले एमबीबीएसको परीक्षा शुल्क नबढाउन चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिनुभएको छ । आयोगको शुल्सक निर्धारण कार्यदलले शैक्षिक सत्र २०७७र०७८ मा एमबीबीएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताब पेश गरेको थियो ।
कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी एमबीबीएस कार्यक्रमलाई ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो । शुक्रबार बालुवाटारमा बसेको आयोगको पाँचौँ बैठकमा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले शुल्क नबढाउन निर्देशन दिनुभएको हो ।
अहिलेको अवस्थामा शुल्क बढाउन नहुने प्रधानमन्त्री ओलीको भनाई थियो । एमबीबीएस, बीडीएस, बेसिक साइन्स, एमडी आयुर्वेद, एमएन, एमएस्सी नर्सिङ, एमफर्मा, एमएस्सी मेडिकल माइक्रोबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन कार्यदलले सिफारिस गरेको थियो ।
कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा. उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुईटेल रहनुभएको छ ।