दाङ, २६ बैशाख २०८०
नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ (NMSRA) दाङको छैटौं अधिबेशन बाट अध्यक्षमा टेक बहादुर साउद निर्वाचित भएका छन्।
शनिबार भएको छैटौं अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष भन्डारी, उपाध्यक्षमा बिनोद कुमार देवकोटा, सचिवमा उमेश थापा, सह- सचिवमा बिपिन पुलामी र निरज जिसि, कोषाध्यक्षमा चक्र प्रसाद जोशी र सह-कोषाध्यक्षमा डम्बर बि क लाई चयन गरेको छ।
त्यस्तैगरी सदस्यहरुमा राजन कुवर, किरण सापकोटा, पन्कज धिताल, केदार पोख्रेल र कृष्ण बहादुर चौधरी रहेका छन्।
मनोनित सदस्यहरुमा युबराज भुजेल र खेम पोखरेल र हरेक इकाइ बाट १ जना केन्द्रीय सदस्य हुने नियम अनुसार केन्द्रीय सदस्यमा निबर्तमान अध्यक्ष सागर शर्मा लाई पठाउने निर्णय भएको अध्यक्ष साउँद ले जानकारी दिनुभयो।
अधिवेशन राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछाने ज्यूको प्रमुख आतिथ्यमा र नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धुर्ब गोराथोकी ज्यूको विशिष्ट अथितिमा भएको थियो।