काठमाडौं, १८ फागुन २०८०
नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवले पदबहाली गरेका छन् ।
शुक्रबार बासबारी स्थित काउन्सिलको कार्यालयमा पुगेर उनले पदबहाली गरेका छन् । फागुन १४ मा बसेको मन्त्रिपरिषद्को बैठकले डा. देवलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो ।
फागुन ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्टारमा डा. देवलाई सिफारिस गरेको थियो । काउन्सिलका पूर्व सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए।