काठमाडौं, १२ जेठ २०७९
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आज अर्थात् १०गते देखि सुरु भएको छ। एमबीबीएस र बीडीएस उत्तीर्ण भएका विद्यार्थीहरु लाइसेन्स परीक्षामा सहभागी भएका हुन्।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधकारीले परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा हुने जानकारी दिनुभयो । परीक्षा तीन दिन (जेठ १२ देखि १४) सम्म संचालन हुनेछ।
परीक्षामा एमबीबीएसतर्फ एक हजार १७४ जना र बीडीएस तर्फ ३४२ जना सहभागी हुँदै छन्।