✍️ लक्ष्मी देवकोटा
काठमाडौं, २१ मंसिर २०७९
निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले डा. डा ज्ञानेन्द्रमानसिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
मंगलबार बसेको साधारण सभाले उपाध्यक्षमा डा. बुद्धिमान श्रेष्ठ र महासचिमा भिम चन्द चयन भएका छन् । एशोसिएसनको कोषाध्यक्षमा शान्तराज बतास चयन भएका छन् । उनी पोखरास्थित मणिपाल मेडिकल कलेजका सञ्चालक हुन् ।
साधारणसभाले सदस्यहरुमा डा. हरिषचन्द्र न्यौपाने, डा. नटराजप्रसाद, खुमा अर्याल, डा. गोपाल पोखरेल लगायत सबै मेडिकल कलेजका सञ्चालकहरुलाई सदस्यमा चयन गरेको छ । उनिहरुले मेडिकल शिक्षलाई नयाँ सिराबाट अगाडी बढाउने बताएका छन् ।