काठमाडौं, ३२ असार २०७९
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ समूहका लागि चिकित्सा शिक्षा अध्ययन् गर्न नयाँ शुल्क तोकेको छ । आयोगले गत १७ जेठमा बसेको आयोगको बैठकले निर्धारण गरेको शुल्कको सूची सार्वजनिक गरेको हो ।
आयोगले त्यसबेला बैठकले गतवर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो ।
शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो । बृद्धि भएपछि अब विद्यार्थीहरुले एमबीबीएसको लागि उपत्यका भित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ तिर्नु पर्नेछ ।
उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२० रुपैयाँ पुगेको छ ।
त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २९० रुपैयाँ पुगेको छ ।
बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकोमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ।
चिकित्सा शिक्षा आयोगले तोकेको नयाँ शुल्क यस्तो छ।