काठमाडौं, २४ माघ २०७९
नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की र महासचिवमा डा. सञ्जिव तिवारीको जित सुनिश्चित भएको छ।
पछिल्लो मतपरिणाम अनुसार डा. कार्की प्रगतिशिल समूहका डा. सन्तोष पौडेलभन्दा झण्डै ११ सय मतले अघि हुनुहुन्छ । अब गणना हुन बाँकी मत जम्मा ५०० मात्रै रहेको छ ।
कार्कीले ३ हजार २४० मत प्राप्त गर्नुभएको छ भने डा. पौडेलले २हजार १५७ मत पाउनु भएको छ ।
यस्तैगरी महासचिवमा पनि लोकतान्त्रिक समूहका डा. सन्जिब तिवारीको जित पक्का भएको छ। डा. तिवारीले २ हजार ६५१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवारी दिएका डा. अमृत भुसालले १ हजार ४४३ मत प्राप्त गर्नुभएको छ भने पेशागत समुहकि डा. रक्षा श्रेष्ठले १ हजार ३९३ मत ल्याएकि छिन्।
त्यस्तैगरी मधेश प्रदेशको उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहका डा. निरज सिंहले २ हजार ८२६ मत लिएका छन् भने उहाँकि प्रतिष्पर्धी पेशागत समुहका डा. महेश महासेठले १ हजार ४४३ र स्वतन्त्र समुहबाट डा. अजय मिश्रले १ हजार ४८ मत लिएका छन्।
बागमती प्रदेशको उपाध्यक्षमा लोकतान्त्रिक समूहका डा. प्रकाश बुढाथोकीले ३ हजार २३५ मत प्राप्त गरेका छन् भने पेशागत समुहका डा. सञ्जय कुमार ठाकुरले २ हजार ६७ मत लिएका छन्।
गण्डकी प्रदेशको उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहका डा. राजन शर्माले ३ हजार ४७ र पेशागत समुहका डा. बिकास गौचनले २ हजार २०८ मत लिएका छन्।
सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा लोकतान्त्रिक समूहका डा. प्रशान्त भट्टले ३ हजार ६४ मत लिएका छन् भने पेशागत समुहका डा. निरज अर्यालले २ हजार १५० मत प्राप्त गरेका छन्।
त्यस्तैगरी केन्द्रीय सदस्यहरुमा लोकतान्त्रिक समूहका ५ जना र पेशागत समुहका एक जनाको जित नजिक पुगेका छन्।
लोकतान्त्रिक समूहबाट
डा. तेज्सु सिंह मल्ल ३०२१
डा. अमित रञ्जन मिश्र २९०८
डा. सिर्जना बिष्ट २८७१
डा. किशोर खत्री २६९९
डा. योभिन कुमार यादव २५६१
पेशागत समुहबाट
डा. स्मृति महत २५२२
चिकित्सक संघको निर्वाचनमा कुल ६ हजार २९२ मत खसेको थियो।