काठमाडौं, ९ मंसिर २०७९
चिकित्सा र समाजसेवामा नाम कमाउन सफल डा. मनोर दिन सैयद नेपाल चिकित्सक संघको उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी भइरहेको छ।
संघको हरेक तीन वर्षमा हुने नयाँ कार्यसमितिको लागि स्वास्थ्य सेवा र सुधारका लागि समकालीन चिकित्सकहरुको सहकार्यमा डा. सैयद उपाध्यक्ष पदको लागि निर्बाचन लड्ने भएका हुन्।
नेपाल चिकित्सक संघले आगामी निर्वाचनमा सहभागी हुने चिकित्सकलाई मंसिर १७ गतेभित्र आजीवन सदस्यता लिन आग्रह गरेको छ।
संघले एक सूचना जारी गर्दै संघको निर्वाचनमा सहभागी हुन चाहने चिकित्सकहरुले मंसिर १७ गते शनिबार दिउसो ३ बजेभित्र आजीवन सदस्यता लिइसक्नुपर्ने जनाएको हो।
आजीवन सदस्य नरहेका चिकित्सकले निर्वाचनमा मतदान गर्न नपाउने संघले जनाएको छ। संघले आजीवन सदस्यता अनलाईन मार्फत नै लिनुपर्ने हुन्छ।
डा. लोचन कार्की अध्यक्ष रहेको संघको कार्यकाल सकिदै छ। संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष, ६ सदस्य गरी १९ जना र संघको परिषद् सदस्य ६० जनाको लागि निर्वाचन हुने भएको छ।
आजीवन सदस्यता अनलाईन लिनको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
www.nma.org.np