काठमाडौं, २५ बैशाख २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सम्बन्धी दुई महत्वपूर्ण अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपति भण्डारीले आइतबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका चिकित्सक डा. शैल रुपाखेती र चिकित्सक संघका महासचिव डा. बद्री रिजाल लगायतको पहलमा मन्त्रिपरिषद्ले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । झन्डै एक हप्तापछि राष्ट्रपति भण्डारीद्वारा उक्त अध्यादेश जारी भएको हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएपछि स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी पुर्पक्षमा राख्न बाटो खुला भएको हो ।
नेपाल चिकित्सक संघको प्रेस विज्ञप्ति हेरौँ
