काठमाडौं,२४ जेठ २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेशको नेपाल चिकित्सक संघले स्वागत गरेको छ।
चिकित्सक संघले विज्ञप्ति जारी गर्दै अध्यादेशको स्वागत गरेको हो। संघले अध्यादेशलाई आफूहरुको लामो समयदेखिको आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा लिँदै यसको कार्यान्वयन र यसमा रहेका कमिकमजोरीलाई परिमार्जन गर्दै संसदबाट मूल ऐन बनाउने अभयानमा सबैको सहयोगको अपेक्षा गरेको छ।
संघका महासचिब डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ हाम्रो आन्दोलनको मागलाई मध्यनजर गर्दै हामीले अल्टिमेटम दिएको आज सातौं दिनमा सम्माननीय राष्ट्रपतिद्वारा जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ संघ स्वागत गर्दछ।
संघले अध्यादेशमा केही महत्वपूर्ण विषय समावेश भए पनि स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको प्रत्याभूत गर्न थुप्रै विषय परिमार्जनको आवश्यकता रहेको पनि विज्ञप्तिमा जनाएको छ।
यस्तो रहेको छ प्रेस विज्ञप्ति हेरौं।